Kanakai Online

नेपाल भारत सिमा खुलाउनु पर्ने माग सहित लसुनामा धर्ना प्रदर्शन।


बिहिवार, मंसिर २५, २०७७ |

कनकाई अनलाइन लसुना,मंसिर २५।कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि भन्दै विगत आठ महिनादेखि नेपाल-भारत सीमामा सरकारले मन्त्रिपरिषद्‌कै निर्णयबाट आवागमनमा रोक लगाएको छ। चैत्र ११ देखि लागु गरिएको सीमाबन्दी हालका लागि मंसिर मसान्तसम्मका लागि निश्चित गरिएको भनिएको छ। नेपाल-भारत सीमामा कायम रहेको सरकारी सीमा बन्द खुलाउन यतिखेर देशका विभिन्न जिल्लाहरूका सिमानाकामा नागरिकहरुको दबावमूलक कार्यक्रमहरू सञ्चालन भइरहेको देखिन्छ।

यसै बिच नेपालको सुदुरपुर्वी क्षेत्रको भारतको बिहार संग जोडिएको झापा गाउँपालिका-१ स्थित लसुना सिमामा नेपाल भारत खुल्ला सिमा खुल्ला गर्नुपर्ने माग सहित धर्ना प्रदर्शनको सुरुवात गरिएको छ।नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा धर्ना प्रदर्शन गरिएको हो।

खुल्ला सिमा खुल्ला गर भन्ने माग सहित थालिएको धर्ना प्रदर्शन अनिश्चितकालिन रहेको संवाद समूहका प्रदेश समिति सदस्य प्रभुनारायण यादवले कनकाई अनलाइनलाई बताए।सिमा खुल्ला नभए सम्म आफ्नो समूहको धर्ना कार्यक्रम नरोकिने यादवले बताए।

मंगलबार देखि थालिएको धर्ना प्रदर्शनमा बिश्वनाथ सिंह राजबंशी, सन्तोषकुमार गणेश,रामप्रसाद ठाकुर,खगेन्द्र गणेश,स्यम्भु गणेश,पवनलाल कोच लगायत अन्य स्थानियको सहभागिता रहेको छ।अनिश्चितकालिन धर्ना प्रदर्शनको बिहिबार तेस्रो दिन रहेको यादवले बताए।

सम्बन्धित खबर