झापा,मंसिर २१।ब्रोदर्स फ्रम डिफरेन्ट्स मोदर्स नामक संस्थाले आफ्नो तेस्रो वार्षिकोत्सब भब्यताका साथ सम्पन्न गरेको छ।संस्थाका अध्यक्ष प्रज्वल ढकालको अध्यक्षता वार्षिकोत्सब सम्पन्न भएको हो।
शनिबार बिर्तामोड स्थित तारा नमस्ते बालग्राममा मनाइएको वार्षिकोत्सबमा त्यहाँ रहेका बालबालिकालाई कपीकलम,खानेकुरा समेत वितरण गरिएको संस्थाका सदस्य सुजनजंग क्षेत्रीले कनकाई अनलाइनलाई बताए।क्षेत्रीका अनुसार संस्थाले केक काटेर बालबालिका संग दु:ख सुख बाढ्दै आफ्नो संस्थाको तीन वर्षे वार्षिकोत्सब मनाएको छ।संस्थाको वार्षिकोत्सबमा लुना दाहाल,प्रियंका कार्की लगायत सिस्टर फ्रम डिफरेन्ट मोदर्स संस्थाको टिमले समेत सहकार्य गरेको क्षेत्रीले बताए ।
आज भन्दा तीन वर्ष अगाडि स्थापना भएको यस संस्थाले नेपाल का बिभिन्न जिल्ला हरु मा नि:शुल्क शिक्षा अभियान, नि:शुल्क स्वास्थ शिबिर,नि:शुल्क भोजन अभियान,रक्तदान तथा पाठ्यपुस्तक का सामाग्री बितरण,बृद्धाश्रम बालआश्रममा खाध्यान्न, लत्ताकपडा बितरण सरसफाइ अभियान,बड्दो हिंसा बिरुद्ध आवाज उठाउने लगायतका काम हरु गर्दै आइरहेको छ।