Kanakai Online

माओवादी जनयुद्धकालमा खनिएको ऐतिहासिक बाटो पिच हुदै


आइतवार, मंसिर २१, २०७७ |

कनकाई अनलाईन

१२ बर्षे माओवादी सशस्त्र जनयुद्धकालमा झापा सुरुङ्गामा खनिएको बाटो पिच हुने भएको छ ।
तत्कालित माओवादी जनयुद्ध कालमा सुरुङ्गा गाउँजनसरकार प्रमुख भानु मैनाली उर्फ भक्ति पाठक र तत्कालिन कनकाई युवा क्लवका अध्यक्ष माधव भेट्वाल सचिव लीलाराज खड्का समेतको संग्लनता र सहभागितामा सुरुङ्गा कनकाई माविको खेल मैदान पछाडिहुदै पूर्वपश्चिम राजमार्गसम्मको करिव डेढ किलोमिटर मिचिएको बाटो जनश्रमदानबाटै खनिएको थियो ।

त्यसवेला सुरुङ्गा क्षेत्रमा माओवादीले बाटो खन्न श्रमदानमा नगए ५ सय रुपैँया जरिमाना र ५ भाटा हिर्काउने उर्दी जारी गरेपछि यस क्षेत्रका १० हजार भन्दा वढी स्थानीयले प्रत्यक्ष रुपमा बाटोमा श्रमदान गरेको त्यसवेलाका कनकाई युवा क्लका अध्यक्ष माधव भेटवालले बताउँनुभयो । त्यसवेला इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बाटो खन्ने माओवादीको कार्यक्रमलाई सहयोग गरेको भन्दै पुर्व जनप्रतिनिधिसमेत रहनुभएका नारायणसिंह राजवंशी, स्थानीय विष्णु दाहाल, डाकमान ठटालहरुलाई समेत प्रहरीले हिरासतमा राखेको थियो । मुलुकमा शान्तिकाल आएपछि कनकाई मावि र स्थानीय जनताविच लामो समयसम्म बाटोको वारेमा विवाद हुदा उक्त बाटो ओझेलमा परेको थियो । पछि कनकाई मावि नमुना विद्यालय हुने भएपछि लामो समयदेखि यस क्षेत्रका मोही विद्यालय र स्थानीय जनताविच बाटो जमिन लगायातका वारेमा विवाद मिलेपछि उक्त बाटो समेत पिच हुन लागेको हो । हाल त्यस वेलाको बाटोको अगुवाई गर्ने नारायणसिंह राजवंशीका पुत्र प्रतिक राजवंशी र अर्का अभियानकर्मी पत्रकार लीलाराज झापालीको अगुवाईमा कनकाई नगरपालिकाको बजेटमा उक्त बाटो हाल धमाधम पिच गर्ने काम सुरु गरिएको हो । हाल बाटोको छेउमा प्लम उठाउने र ग्राभेल गर्ने काम अन्तिम चरणमा पुगेको छ क्रमश बाटो पिच गरिने बाटो निर्माण समितिका अध्यक्ष प्रतिक राजवंशीले बताउँनुभयो

सम्बन्धित खबर