सुरुङ्गा,मंशीर २०।कनकाई नगरपालिका-१,२,३,४,६ र ७ का का ५ महिला र ६ जना पुरुष सहित आज झापामा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा विर्तामोडका ४ महिला र ५ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार अर्जुनधाराका ४ जना,भद्रपुरका १ जना,बुद्दशान्ती १ जना,कमलका ३ जना,मेचिनगरका २ जना,शिवसताक्षी ७ जनामा संक्रमण पुष्टि भएको छ।