Kanakai Online

झापा बजार मंगलबार बन्द गर्ने निर्णय कार्यान्वयनमा विवाद।


मङ्गलवार, मंसिर १६, २०७७ |

झापा,मंसिर १६ ।झापा गाउँपालिका-२ स्थित झापा बजार मंगलबार बन्द गर्ने समितिको निर्णयमा बिबाद उत्पन्न भएको छ ।समितिका पुर्वध्यक्ष समेत रहेका हालका कनकाई उद्योग वाणिज्य संघका मनोनित सदस्य समेत रहेका व्यवसायी बरतलाल राजबंशी लगायत अन्य केहिले पसल खुल्ला राखेपछी समितीको निर्णयको कार्यान्वयन पक्षमा विबाद आएको हो ।

राजबंशीकै कार्यकाल मा मंगलबार बजार बन्द गर्ने निर्णय गरिएको र कार्यान्वय पनि भएको भन्दै अहिले अर्काको पालामा आफुले नी समितीको निर्णयको अबज्ञा गर्दै पसल खुल्ला राखेको समितीका बर्तमान उपाध्यक्ष मनोज खत्रीले आरोप लगाए।खत्रीले राजबंशीको पालामा मंगलबार खुल्ला गर्नेलाई ११०० रुपैयाँ सम्म जरिवाना लिएको बताए।खत्रीले कनकाई अनलाइन संग भने”आफ्नो पालामा जरिवाना लिने?अर्काको पालामा पसल नै बन्द नगर्ने?”कोरोनाका कारण केही महिना देखि स्थगित गरिएको मंगलबार बजार बन्द गर्ने पहिलेकै निर्णयलाई समितीले पुन: सुचारु गर्ने निर्णय गरेको खत्रीले बताए।

यता बजार व्यबस्थापन समितिका बर्तमान अध्यक्ष विकास अग्रवालले राजबंशी लगायत केही ब्याक्तीले पसल खुल्ला गरेपछी समिती सम्झाउन समेत गएको बताए।बजार व्यस्थापन समितीको निर्णय भनेको बजारको हितमा हुने भएकाले एउटै परिवारमा बसेको मानिसले कार्यान्वयन नगर्नु अफसोच रहेको भन्दै सम्झाएको अग्रवालले बताए।तर राजबंशीले अटेर गरेको अग्रवालको आरोप रहेको छ।

यता बजार व्यबस्थापन समितिले भेला बोलाएर सर्वसहमतीका साथ निर्णय गरि शनिवार माइकिङ समेत गरेको बजार व्यबस्थापन समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रदेव यादवले बताए।

यता बरतलाल राजबंशीले बजार व्यवस्थापन समिती व्यबसायीहरुको गार्जन रहेको जिकिर गर्दै कोरोनाले ८ महिना सम्म बन्द रहेको व्यबसाय सर्वसहमती निर्णय नगरी ६/७ जना मिलेर मंगलबार बन्द गर्ने निर्णय गरेको आरोप लगाए।राजबंशीले आफू बर्तमान समितिको सल्लाहकार र कनकाई उद्योग वाणिज्य संघको मनोनित सदस्य समेत रहेको तर बर्तमान समितिले यस्तो जटिल निर्णयको मिटिङमा समेत नबोलाएको बताए।राजबंशीले भने”सबै व्यबसायीलाई बोलाएर सबैको मन्जुरीमा बजार बन्द गर्ने निर्णय गर्नु पर्छ,मैले पनि त्यसै गरेको हुँ,तर अहिलेको समितीले ६/७ जनाको सहमतीमा बजार बन्द गर्ने निर्णय गर्दा हुन्छ?”\

मंगलबार झापा बजारका केही पसल देखि बाहेक अधिकांश पसलहरु बन्द रहेका थिए भने बैङ र बित्तिय संस्था भने खुल्ला रहेका थिए।

सम्बन्धित खबर