सुरुङ्गा,मंशीर १६।कनकाई नगरपालिका-१,६ का ४ जना पुरुष सहित आज झापामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका ४ महिला र ३ पुरुष रहेका छन।विर्तामोडका ६ महिला र ९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका १ जना,मेचिनगरका १ जना,भद्रपुरका १६ जना,अर्जुनधाराका ३ जना,बुद्दशान्ती १ जना,कचनकवल १ जना,शिवसताक्षी ४ जना र अन्य ६ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै कोरोनाका कारण आज ३ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा शिवसताक्षी-८ कि ३६ वर्षीया महिला र ८७ वर्षीय पुरुष,दमक-३ की ८२ वर्षीया महिला रहेकी छन।
स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार आज सम्मका कुल संक्रमित संख्या ३९२० रहेको छ।जसमा मृत्यु हुनेको संख्या ११३ रहेको छ भने निको हुनेको संख्या २५५२ रहेको छ।