सुरुङ्गा,मंशीर १५।आज झापा गाउँपालिका-१ का थप एक पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखीएको छ।यो संगै झापा गाउँपालिकामा सकृय संक्रमितको संख्या ५९ पुगेको झापा गाउँपालिकाका कोभिड-१९ फोकल पर्सन बाबुराम निरौलाले कनकाई अनलाइनलाई बताउनु भयो।त्यस्तै कनकाई नगरपालिका-३,६,९ का १ महिला र ५ पुरुष सहित आज झापामा ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका १ महिला र २ पुरुष रहेका छन।विर्तामोडका ५ महिला र ४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका २ जना,मेचिनगरका-२ जना,भद्रपुरका १० जना,अर्जुनधाराका २ जना,बुद्दशान्ती ३ जना,शिवसताक्षी ४ जना र अन्य ५ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै कोरोनाका कारण आज एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भद्रपुर-९ का ७६ वर्षीय पुरुष रहेका छन।
स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार आज सम्मका कुल संक्रमित संख्या ३८६१ रहेको छ।जसमा मृत्यु हुनेको संख्या ११० रहेको छ भने निको हुनेको संख्या २५१५ रहेको छ।