कनकाई अनलाईन
जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसारको निर्वाचनको मत गणना जारी छ । जसमा प्रगतिशील प्यानल अगाडि रहेको छ । प्रगतिशीलको प्यानललाई काग्रेसको प्रजातान्त्रिक प्यानलले पछ्याइरहेको छ । हालसम्म २ सय मत गन्दा अध्यक्षमा नेकपा, राप्रपा नेपाल र लिम्बुवानको सयुक्त प्रगतिशील प्यानलका विनोद रानामगरले ९ मतले लिड गरिरहेका छन । विनोद रानामगरले १०४ मत ल्याउदा कांग्रेसका ख्यामराज सिटौलाले ९५ मत ल्याएर उनलाई पछ्याईरहेका छन । यसैगरि उपाध्यक्षमा समेत प्रगतिशीलकै दिलिप राईले १०० मत र बिष्णु ओलीले ८२ मत ल्याएर अग्रस्थानमा रहेका छन । उनीहरुलाई कांग्रेसका डबलबहादुर भण्डारीले ७९ मत र बुद्धिमान बोहोराले ६९ मत ल्याएर पछ्याईरहेका छन । यता उपाध्यक्षमा उठेका स्वतन्त्र उम्मेद्धार सुमन श्रेष्ठले भने ४० मत ल्याएका छन ।
यसैगरि सचिव पदमा भने कडा प्रतिस्पर्धा भएको छ । सचिवमा कांग्रेसको प्यानलबाट उम्मेद्धारी दिएकी मनिता राईले ९९ मत ल्याएर अग्रस्थानमा रहेकी छिन भने प्रगतिशीलकी सिर्जु खरेल ९३ मत ल्याएर पछ्याईरहेकी छिन । सहसचिवमा प्रगतिशीलकै पुजन बाह्रकोटीले १०३ मत ल्याएर लिड गरिरहेकी छिन भने उनकी प्रतिस्पर्धी कांग्रेसकी बबिता गिरीले ८४ मत ल्याएर पछ्याईरहेकी छिन । कोषाध्यक्षमा कांग्रेसका यसनाथ अधिकारीले ९६ मत ल्याएर लिड गरिरहेका छन भने प्रगतिशीलका बिदुर खड्काले ९१ म्त ल्याएर पछ्याईरहेका छन ।
जामुनवारी सामुदायिक वनमा आज भएको निर्वाचनमा मतदान सम्पन्न हुदा ७९६ मत खसेको थियो । जसमा ८४२ मतदाता रहेका थिए । –
दुबै प्यानलको कडा प्रतिस्पर्धा भएपछि हाल मतगणना भएको स्थानमा ठुलो सङ्ख्यामा उपभोक्ताहरु आगो तापेर हुटिङ गर्दै बसिरहेका छन ।