सुरुङ्गा,मंशीर १२।झापा गाउँपालिका-२ र ७ का थप २ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखीएको छ।यो संगै झापा गाउँपालिकामा सकृय संक्रमितको संख्या ५१ पुगेको छ।त्यस्तै कनकाई नगरपालिका-२,३,५,६ का ३ महिला र १० पुरुष सहित आज झापामा ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका ९ महिला र १७ पुरुष रहेका छन।विर्तामोडका २ महिला र ७ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका १ जना,मेचीनगरका ९ जना,भद्रपुरका १० जना,हल्दिबारीका १ जना,अर्जुनधाराका २ जना,बुद्दशान्तीका ३ जना,गौरिगन्जका १ जना,शिबसताक्षीका २ जना,बाह्रदशीका २ जना र अन्य ५ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज कोरोना संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भद्रपुर-४ का ७७ वर्षिय पुरुष रहेका छन।
स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार आज सम्मका कुल संक्रमित संख्या ३७२६ रहेको छ।जसमा मृत्यु हुनेको संख्या १०६ रहेको छ भने निको हुनेको संख्या २४३० रहेको छ।