कनकाई अनलाइन।कामाटोली,मंशीर १०।झापा गाउँपालिकामा एकै चोटि थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।गत आइतबार ६८ जनामा गरिएको स्वाब संकलनमा थप ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
आजको रिपोर्टमा नयाँ थप ३४ जना र पुराना संक्रमित ५ जनाको पुन: रिपोर्ट पोजेटिभ आएको झापा गाउँपालिकाका फोकल पर्सन बाबुराम निरौलाले कनकाई अनलाइनलाई बताए।निरौलाका अनुसार कोरोना संक्रमित हुनेहरुमा दुई जना स्वास्थ्यकर्मी,पाँच जना गाउँकार्यपालिकामा काम गर्ने कर्मचारी,एक जना एम्बुलेन्स चालक,एक जना वडा कर्मचारी,दुई जना सहकारी कर्मचारी र अन्य २३ जना रहेका छन।