सुरुङ्गा,मंशीर ९।कनकाई नगरपालिका-१,३,६ का ५ महिला र ४ पुरुष सहित आज झापामा १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका ६ महिला र ५ पुरुष रहेका छन।विर्तामोडका १० महिला र १३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका २६ जना,मेचीनगरका ४ जना,भद्रपुरका ५ जना,हल्दिबारीका ३ जना,अर्जुनधाराका ५ जना,बुद्दशान्तीका ६ जना,कचनकवलका ४ जना,कमलका २ जना,शिबसताक्षीका ४ जना,बह्रदसीका १ जना र अन्य ८ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज झापा जिल्लामा कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन।मृत्यु हुनेहरुमा भद्रपुर-८ की ६८ वर्षिया महिला,भद्रपुर-१ कि ६३ वर्षिया महिला र दमक-९ का ८० वर्षिय पुरुष रहेका छन।
स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार आज सम्मका कुल संक्रमित संख्या ३४७२ रहेको छ जसमा मृत्यु हुनेको संख्या ९९ छ र निको हुनेको संख्या २३२९ रहेको छ।