आजको पञ्चांग
मितिः २०७७ मंसीर ९, मंगलवार
इ.संः २०२० नोभेम्बर २४
नेपाल संवतः ११४१ (कछलाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः कुम्भ राशीमा, प्रात ११ः५९ उप्रान्त मीन राशीमा
तिथीः दशमी
पक्षः कार्तिक शुक्लपक्ष
नक्षत्रः पूर्वभाद्रपद
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः३३
पर्व दिवस –
राष्ट्रिय उद्योग दिवस
मुहूर्त साइत
आजको राशीफल, मंगलवार, ९ मंसीर, २०७७
मेषः स्थीर सम्पत्तीको सुख मिल्नेछ । परीक्षा प्रतियोगितामा
सफलता हात लाग्नेछ । आम्दानीमा कमी हुनेछैन । आर्थिक पाटो
बलियो छ ।
वृषः पुरानो रोग बल्झिने देखिन्छ ।मनमा चिन्ता र भयले
सताउन सक्छ । मध्यान्हदेखि विजय प्राप्ति, धनप्राप्ति र सुख बढेर
जाला ।
मिथुनः सुखवृद्धि होला । योजनाहरु पूर्ण भएर जालान ।
मध्यान्नदेखि समय प्रतिकूल होला । अस्वस्थता र चिन्ताले सताउला ।
कर्कटः रोगबाट मुक्त भइएला । आरोग्यता प्राप्ति तथा मनग्य
आर्थिक लाभको दिन छ । सुख बढेर जाला । कामकाजहरु पूर्ण भएर
जानेछन् ।
सिंहः आजको दिन प्रेमील व्यतित हुनेछ । हातमा लक्ष्मीको बास
रहनेछ । सुखवृद्धि भएर जानेछ । अर्थिक पक्ष बलियो रहने छ ।
कन्याः मध्यान्नसम्म शारीरिक पीडा र कष्टले नछोड्ला तर
मध्यान्नपछि प्रेम जीवनमा मधुरता आउला । द्रव्यलाभ तथा सुख
बढेर जानेछ ।
तुलाः सरकारी कामहरुले पूर्णता पाउलान । स्वास्थ्य बलियो रहनेछ ।
तर मध्यान्हदेखि चोट तथा दुर्घटनाको भय रहनेछ ।
वृश्चिकः शुभ र सुखदायक समय छ । काममा सफलता प्राप्त होला
।मित्रहरुले सहयोग गर्नेछन् । मान प्राप्त हुनेछ ।
धनुः धनलाभका वैकल्पिक मार्गहरु फेला पर्नेछन् । मित्रवर्गका
मद्धतले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
मकरः आजको दिन अनावश्यक खर्च बढेर जानेछ । मध्यान्हदेखि मन
प्रशन्न रहने तथा आम्दानीका स्रोतहरु भेटिने देखिन्छ ।
कुम्भः शरीर पुष्ट रहला । अन्नलाभ हुने दिन छ । मध्यान्हदेखि
व्ययभार बढेर जाला । स्थीर सम्पत्तीको कारोवार नगर्नु उत्तम हुनेछ
। मीनः सुखदायक समय छ । भूमी वाहन आदिको सुख मिल्ला ।
साँझपख पारिवारिक भेटघाटमा मिष्ठान्न परिकारको आनन्द
मिल्नेछ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”