सुरुङ्गा,मंशीर ८।झापा गाउँपालिकाका एक महिला र एक पुरुषमा र कनकाई नगरपालिकाका ६ महिला र २ पुरुष सहित आज झापामा ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका १८ महिला र ३१ पुरुष रहेका छन।विर्तामोडका ३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार अर्जुनधाराका ४ जना,कमलका २ जना,शिबसताक्षीका २ जना, भद्रपुरका ७ जना,मेचिनगरका ८ जना,हल्दिबारीका १ जना,बुद्दशान्तीका १ जना,कचनकवलका २ जना र इलामा ठेगाना भएका एक जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज झापा जिल्लामा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन।मृत्यु हुनेहरुमा भद्रपुर-८ का ७३ वर्षिय पुरुष र मेचिनगर-४ कि ८२ वर्षिया महिला रहेकी छन।
स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार आज सम्मका कुल संक्रमित संख्या ३३६१ रहेको छ जसमा मृत्यु हुनेको संख्या ९६ छ र निको हुनेको संख्या २२७३ रहेको छ।