Kanakai Online

झापामा आज कनकाईका एक सहित ३ कोरोना संक्रमितको मृत्यु।


आइतवार, मंसिर ७, २०७७ |

सुरुङ्गा,मंशीर ७।झापा जिल्लामा आज तीन कोरोना संक्रमितले ज्यान गुमाएका छन।कोरोना संक्रमणका कारण कनकाई नगरपालिका-३ का ७३ वर्षीय पुरुष सहित मेचीनगर-४ का ४५ वर्षीय पुरुष र भद्रपुर-४ कि ६० वर्षिय महिलाको मृत्यु भएको हो।

यस संगै जिल्लामा कोरोना संक्रमणका कारण ९४ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा आज ४९ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ।जसमा दमकका ११ जना,बिर्तामोडका ३ जना,गौरादहका २ जना,मेचिनगरका ४ जना,भद्रपुरका ९ जना,कनकाईका १ जना,अर्जुनधाराका ४ जना,गौरिगन्जका १ जना,कमलका ७ जना,सिवसताक्षीका ६ जना र बाह्रदशीका १ जना रहेका छन।

सम्बन्धित खबर