Kanakai Online

संघिय सांसद साँबाको पहलमा कनकाईमा धनीपुर्जा बितरण हुदै


शुक्रवार, मंसिर ५, २०७७ |

कनकाई अनलाईन
सरकारले गठन गरेको “भुमि सम्बन्धि समस्या समाधान आयोग“ ले भुमि सम्बन्धिको समस्या पहिचान र समाधानका लागि पहिलो चरणमा देशभरका १४ वटा पालिकाहरुमा आवेदन फारम वितरण गर्न शुरु गरेको छ ।

पहिलो चरणका लागि छनौट भएका देश भरिका १४ वटा पालिकाहरु मध्ये झापाको कन्काई नगरपालिका समेत परेको छ । आयोगले नगरपालिकासंग सो सम्बन्धि समस्या समाधानका लागि २७ कार्तिकमा गरेको सम्झौता अनुसार नगरपालिकालाई आज दुई किसिमका आवेदन फारम हस्तान्तरण गरिएको छ ।
अव्यवस्थित बसोबास सम्बन्धिको समस्या भएकाहरुका लागि र भुमिहिन सुकुम्बासीर भुमिहिन दलितको अलग अलग ढाचाको आवेदन फारम उपलब्ध गराइएको हो । झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी सावाले कन्काई नगर प्रमुख राजेन्द्र पोखरेललाई सकल आवेदन फारम हस्तान्तरण गर्नुभयो । आयोग सदस्य गोपाल गुरागाई , समितिका विज्ञ जगत देउजा लगायतको उपस्थितिमा सांसद सावाले नगर प्रमुख पोखरेललाई ति फारम हस्तान्तरण गरेका हुन । नगरपालिकालाई सम्झौता अनुसार तत्कालै सर्वसाधारण माझ ति फारम उपलब्ध गराएर विवरण अद्यावधिक गर्ने र भुमिको स्वामित्व दिलाउन सांसद सावाले निर्देशन दिनुभयो ।

सम्बन्धित खबर