कनकाई अनलाईन
कोरोना पोजेटिभ भएका झापा अर्जुनधाराका एक ७७ बर्षिय बृद्धको आज बिर्तामोडमा मृत्यु भएको छ ।
झापा बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा आज बिहानै ती बृद्धको मृत्यु भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईले बताउँनुभयो । यो सगै झापामा हालसम्म कोरोना पोजेटिभ भएर मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । झापामा आजमात्रै १४ जनामा थप कोरोना पुष्टि भएको छ । आज झापाको दमकमा ८ जना, मेचीनगरमा १ जना र गौरादहमा ५ जनामा कोरोना पोजेटिभ देखिएको चौम्लागाईले बताउँनुभयो ।