Kanakai Online

सामाजिक सेवामा अग्रसर रहने खतिवडा अस्वस्थ,हाल होम आइसोलेसनमा।


सोमवार, मंसिर १, २०७७ |

हल्दिबारी,मंसीर १। झापाको हल्दिबारी गाउँपालिकाका युबा अभियान्ता अबिषेक खतिवडा को स्वास्थ्यमा अचानक समस्या देखा परेको छ ।

खतिवडाले हिजो सम्म आफू स्वास्थ्य रहेको र कुनै समस्या नरहेको अवस्थामा आज बिहान देखि अचानक शरीरले फरक फरक कृया-प्रतिकृया देखाए पछी केहि दिनका लागि सम्पुर्ण संग भेटघाट गर्ने कार्य समेत बन्द गरेको कनकाई अनलाइनलाई बताए। परिवार र अन्य वर्ग का व्यक्ति हरु संग समेत सम्पर्क मा नरही उनले कडाई का साथ बन्द कोठामा बस्न सुरु गरि आफू लाई आइसोलेट मा बस्ने वातावरण मिलाएका छन।आज बिहान बाट आफू लाई टाउको, छाति लगायत विभिन्न अङ्ग दुखाइ को महसुस भए पछी उनले आँफू अस्वस्थ भएको कुरा सार्वजनिक गरेका हुन । आँफू आइसोलेशन मा जतिकै मापदण्ड पालन गरेर बसेको र उनले हाल पिसिआर चेक नगरे पनि बर्तमान समय मा कोभिड-१९ को बढदो त्रास रहेका कारण चाडै आवश्यक परे पिसिआर गर्ने र उनले यो बिचको समयमा आँफू संग सम्पर्क मा रहनु हुने व्यक्ति हरुलाई समेत सतर्कता र होसियारी अपनाउन अनुरोध गरेका छन।

खतिवडा यो कोभिड महामारीको सुरुवाती देखि नै बिमारीहरु लाई रगत आवश्यक परेको बेला तथा बिरामी लाई भेट्न र अन्य सेवा सहयोगको लागि हस्पिटल तथा अन्य क्षेत्रमा फ्रन्टलाइनमा रहेर हिडिरहेका समेत थिए ।खतिवडा विभिन्न संघ संस्थामा रहेर सक्रियरुपमा काम गर्ने युवा अभियान्ता समेत हुन।उनी चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमका अध्यक्ष,आइ सि डि हल्दिबारी गाउँकमिटीका अध्यक्ष,युवा तथा खेलकुद बिकास समिती हल्दिबारी गाउँ पालिकाका सदस्य,राटमाटे सामुदायिक वन उपभोक्ता समूहमा लेखा समिती संयोजक,सगरमाथा टिन्स कल्ब चिल्ड्रेन गार्डेन कार्यक्रम कार्यन्वयन समितिका सदस्य र ढडुवा युबा क्लब परिवारका सदस्य लगायत संस्थामा आवद्द छन।

सम्बन्धित खबर