Kanakai Online

आज झापामा एक ७८ बर्षिय बृद्धको मृत्यु


सोमवार, मंसिर १, २०७७ |

कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्जुनधारा ६ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको मृत्युसँगै अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुगेको हो।
गएराति १२ बजेतिर ती बृद्धको उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई कात्तिक २९ गते सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खबर