कनकाई अनलाईन
पछिल्लो समय झापाको सुरुङ्गामा क्रिकेट खेलको क्रेज बढेको छ ।
यहाँ स्थापित ह्वाईट वास क्रिकेट क्लवले देशकै प्रतिष्ठित प्रतियोगिताको आयोजना गर्नु तथा साना ठुला प्रतियोगितामा सहभागिता र पुरस्कार जित्दै जानुले समेत यस क्षेत्रका पछिल्लो पुस्ता फुटबलको साथमा क्रिकेटमा लागेको हो ।
हाल कनकाई नगर खेलकुद बिकास समितिको आर्थिक सहयोेगमा कनकाई माविको खेल मैदानमा नेट पिचको निर्माण गरिएको छ । ह्वाईट वास क्रिकेट क्लवको आयोजनामा निर्माण भएको उक्त नेट पिच झापाकै नमुना पिच भएको क्लवका अध्यक्ष अनिस कट्टेलले कनकाई अनलाईनलाई बताउँनुभयो ।
पिचको निर्माणपछि खेलाडीलाई बलिङ्ग र ब्याटिङ्गको अभ्यासमा सजिलो हुने छ । यो नेट पिच झापामै खेलमैदानसगै जोडिएको पुर्वकै पहिलो नेट पिच रहेको समेत क्लवका अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । यसअघि नेट अभ्यास गर्न सुरुङ्गा क्षेत्रका खेलाडीहरु ककडडभिट्टासम्म जाने गरेका थिए ।
कनकाई नगरपालिकामा कनकाई सचेत युवा क्लव, कासा लगायातका संघ संस्थाले वार्डस्तरीय देखि राष्ट्रिय प्रतियोगिताको आयोजना गर्नुले समेत यस क्षेत्रमा क्रिकेट खेलको क्रेज बढेको हो ।
तस्वीर ः सुरुङ्गामा नेट पिच निर्माणमा सहभागि हुदै ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गाका अध्यक्ष सहितका खेलाडीहरु फोटो ः लीलाराज झापाली \कनकाई अनलाईन