Kanakai Online

झापा गाउँपालिकामा कोरोनाबाट २५ वर्षीय युवतीको मृत्यु।


आइतवार, कार्तिक ३०, २०७७ |

कनकाई अनलाइन।पन्थापाडा,कार्तिक ३०।झापा गाउँपालिका-५ निवासी एक २५ वर्षिय युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।उनको गए राती दस बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।

मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछी उपचार गर्न प्रादेशिक अपस्ताल भद्रपुर लगिएको थियो।त्यहा कोरोना संक्रमणको परिक्षण गर्दा मृतकमा गत कार्तिक १६ गते कोरोना संक्रमण पोजेटिभ देखिएको झापा गाउँपालिकाका स्वास्थ्य प्रमुख लक्ष्मण बिश्वकर्माले बताए।बिश्वकर्माका अनुसार भद्रपुरमा भेन्टीलेटरको अभावका कारण उनलाई थप उपचारका लागि धरान पठाइएको थियो।अन्य रोग ले समेत ग्रसित मृतकको उपचारको क्रम मृत्यु भएको बिश्वकर्माले बताए।

यस संगै झापा गाउँपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।यस अघि झापा गाउँपालिका-६ निवासी एक ७७ वर्षिय बृद्द्को कोरोनाका कारण ज्यान गएको थियो।

सम्बन्धित खबर