कनकाई अनलाइन।कामाटोली,कार्तिक २९।झापा गाउँपालिका एकै चोटि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।गत २६ गते एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछी उनको ट्रेसिङमा रहेका अरुमा गरिएको परिक्षणमा १२ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो।
४६ जनामा गरिएको परिक्षणमा २ जना स्वास्थ्यकर्मी,दुई जना अन्य र ८ जना गाउँकार्य पालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको झापा गाउँपालिकाका स्वास्थ्य प्रमुख लक्ष्यमण बिश्वकर्माले कनकाई अनलाइनलाई बताए।