Kanakai Online

सुरुङ्गामा समुदायिक कुकुरलाई पेटि र खोप।


शनिवार, कार्तिक २९, २०७७ |

सिएम शर्मा / सुरुङ्गा
कनकाई नगरपालिकामा सामुदायिक कुकुरलाई टल्कने पेटि र रेबिज विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको अायोजना तथा रोटरी क्लब अफ सुरुङ्गाको सह अायोजनामा र कनकाई नगरपालिकाको अार्थिक सहयोगमा सामुदायिक कुकरलाई रातमा टल्कने पेटि र रेविज विरुद्धको खोप लगाउन कार्तिक २८ गते शुक्रबारबाट शुरु गरिएको हो ।
सुरुङ्गा चोकमा भएको  एक अौपचारिक कार्यक्रममा बर्ष भर संचालन गरिने उक्त अभियानको  उद्घाटन गर्दै प्रमुख अथिति कनकाई नगरपालिकाका कार्यवाहक मेयर गोविन्द प्रसाद पौडेलले यो कार्यक्रम नगरका सबै वडा सम्म पुर्‍याउने वताएका छन ।
रोट्रयाक्टर दिपेन अोलिले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दैसमाजमा अत्याधिक सामुदायिक कुकुरहरू बढिरहेकोले रेविज रोगको खतरा पनि बढ्दै गएको र सडक दुर्घटनाको खतार भएको ले रोट्रयाक्ट क्लवले यस किसिमको कार्यक्रम अायोजना गरेको बताएका छन ।
कार्यक्रम सफलताको सुभकामना दिदै रोटरि क्लब अफ सुरुङ्गाका अध्यक्ष टीका जम्मरकट्टेल , कनकाई खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्साल लगायतले सामुदायिक कुकुरलाई टल्कने पेटि लगाएपछि सडकमा रातिको समयमा परैबाट कुकुर देखिने भएकाले मानिस सचेत हुने साथै रेविजको खोप लगाएको ले टोकिहाले पनि खतरा कम हुने भएकोले अवका दिनमा कनकाईमा सामुदायिक कुकुरवाट हुने दुर्घटना र रेविज रोगको खतरामा न्युनिकरण हुने धारणा ब्यक्त गरेका छन ।
कुकुरलाई पेटि र खोप लगाउन पशुपन्छी तथा मत्स्य विकास समिति कनकाइका प्रमुख तेज बहादुर पौडेल , भेटनरि अधिकृत केबि गुरुङ्ग लगायत चार जनाको टोलिले प्राविधिक सहयोग गर्दै शुक्रबारदेखि नै पेटि र खोप लगाउन सुरु गरिसकेका छन । 
विभिन्न  सामाजिक संघ संथाका प्रमुख , बुद्धिजीवी समाजसेवी , सुरक्षाकर्मि लगायतको उपस्थितिमा भएकोको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ सुरुङ्गाका अध्यक्ष डा. मनिस उप्रेतीको अध्यक्षतारहेको थियो भने उपस्थित सबैलाई स्वागत क्लवकी कोषाध्यक्ष सारिका गिरिले र संचालन महासचिव प्रतापबावु जम्मरकट्टेलले गरेका थिए ।

सम्बन्धित खबर