कनकाई अनलाइन।सुरुङ्गा,कार्तिक २७।आज बिहान प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बा चढेको कार दुर्घटना हुँदा जिम्बा घाइते बनेका छन।
जिम्बा चढेको बा ११ च ८६८२ नंम्बरको कार सुरुङ्गा आसपासको क्षेत्रमा दुर्घटनामा परेको हो।कारमा आएको प्राविधिक समस्याका कारण दुर्घटनामा परेको बताइको छ।कार राजमार्ग नजिक रहेको रुखमा ठोक्किएको थियो।रुखको ठक्करका कारण कारको सिसा फुट्नुका साथै अगाडीको भाग क्षतीग्रस्त बनेको छ।कारमा झापा क्षेत्र नं ४ का सांसद एलपी सावाँका स्वकिय सचिव विशाल खनाल सहित ४ जना सवार थिए।प्रनानी जिम्बा स्वएम कार चालक रहेका थिए।अन्य तीन सकुसल रहेपनी जिम्बा सामान्य घाइते बनेका छन।घाइते जिम्बाको दाइने हातमा चोटपटक लागेको विशाल खनालले कनकाई अनलाइनलाई बताए।उनको अहिले संजिबनी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ।
प्रनानी जिम्बा पहिले झापा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा प्रनानीको रुपमा कार्यरत थिए।यहाँ देखि सरुवा भएर हाल धरान संघिय कार्यालय गुल्ममा कार्यरत छन।बिदामा आफ्नो जन्मथलो घुम्ने क्रममा दुर्घटनामा परेको बताइएको छ।