सुरुङ्गा,कार्तिक २५।कनकाई नगरपालिकाका २ पुरुष सहित आज झापामा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका ७ महिला र १५ पुरुष रहेका छन।विर्तामोडका ६ महिला र ८ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका ३ जना,गौरिगञ्जका ५ जना,मेचिनगरका २ जना,अर्जुनधाराका २ जना,बाह्रदशीका १ जना,कमलका ७ जना,शिबसताक्षीका ४ जना, भद्रपुरका १०(१ जना भारतिय र एक जना पालिका नखुलेका) जनामा,हल्दिबारीका २ जनामा र बुद्दशान्तीका १ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज झापा जिल्लामा कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन।मृत्यु हुनेहरुमा कचनकवल-६ का ६८ वर्षिय महिला,हल्दिबारी-४ का ७० वर्षीय पुरुष,गौरादह-५ का २६ वर्षीय पुरुष र मेचिनगर-२ का ८६ वर्षीय पुरुष रहेका छन।