शरणामती,कार्तिक २४।झापा गाउँपालिकामा लाखौ बजेट खर्च गरेर बनाइएका सार्वजनिक सौचालय केही बन्द अबस्थामा छन भने केही जिर्ण अबस्थामा अस्तब्यस्त रहेका छन।बजेट खर्च भएपछी पनि सौचालय संचालनमा नआउँदा स्थानियले दुखेसो ब्यक्त गरेका छन।
२०७५ साल असोज २ गते तामझामका साथ गाउँपालिकाले आफ्नो पालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेपनी केही सौचालयहरु संचालनमा आउन नसकेको र केही सौचालयहरुमा आव्यश्यक व्यबस्थापन नभएको स्थानियले बताएका छन।यहाँको झापा बजारमा रहेको सार्वजनिक सौचालयमा ११ लाख ६५ हजार बजेट बिनियोजन गरेर सौचालय निर्माण गरिएको त्यसबेलाका बजार व्यबस्थापन समितिका अध्यक्ष बरतलाल राजबंशीले कनकाई साप्ताहिकलाई बताउनु भयो।दुइबर्ष अघि सौचालय निर्माण सम्पन्न भएपनी अहिले सम्म सौचालय खुल्ला नगरिएको स्थानियले बताएका छन।”बनाएपछी एक महिना खोलीएपनी त्यहा देखि अहिले सम्म बन्द छ,हामी सौच गर्न गाडी लिएर घरनै पुग्नु पर्छ”बजारमा सफारी चलाउने एक स्थानिय सुरुङलाल कोचले बताउनु भयो।
यता हामीले यसबारे झापा बजार ब्यबस्थापन समितीका बर्तमान अध्यक्ष बिकास अग्रवाल संग कुरा गर्यौ।उहाँले सौचालय बन्द रहेको कुरा स्विकार्दै ब्यबस्थापन गर्न मान्छे नपाउँदा बन्द गरेको कारण बताउनु भयो।”पहिले हामीले एक महिना खोल्यौ,सौच गर्न आउने मान्छे संग केही पैसा पनि लियौ,तर सहर बजार जस्तो नहुँदो रहेछ,दिनमा २०० पनि नउठेपछी ब्यबस्थापन गर्ने मानिसले ब्यबस्थापन गर्न मानेनन”अग्रवालले बताउनु भयो।यसको दिगो ब्यबस्थापन लागि गाउँपालिकाले केही गरिदिए सौचालय प्रयोगमा ल्याउन सकिन्थ्यो उहाँले भन्नुभयो।
यता कामाटोली बजारमा रहेको सौचालयको पनि त्यही अबस्था रहेको छ।आब्यश्यक प्रायोजनका लागि बेला-बेला खुल्ला गरिएपनी दैनीकरुपमा सौचालयको प्रयोग गर्न बाट आमनागरिक बञ्चित रहेको स्थानियले बताएका छन।यस सौचालयमा पनि दिगो ब्यबस्थापनका लागी संवन्धित निकायको ध्यान जान सकेको छैन।
यता पन्थापाडा बजारमा बनाइएको सार्वजनिक सौचालय पुर्णरुपमा नबनी जिर्ण अबस्थामा पुगेको छ।दुइकोठे सौचालयको ढोका समेत नहुदा र सरसफाई नहुँदा स्थानिय उपभोगबाट बञ्चित हुनुपरेको स्थानियले गुनासो गरेका छन।बजार लाग्दा केही स्थानियले यो सौचालय प्रयोग गर्दा पनि सौचालय बाहीर सौच गर्ने गरेका छन।