कनकाई अनलाईन। झापा,कार्तिक २०।झापा गाउँपालिकमा प्रहरीद्वारा आयोजना गरिएको समूदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।न्याय तथा विकासका लागी सामाजिक संजाल नामक सामाजिक संस्था र इलाका प्रहरी कार्यालय कुमारखोदको संयुत्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा समुदायमा प्रहरीको योगदान लैङ्गिक हिंसा नियन्त्रणका चुनौती र आगामी कार्ययोजना बारे अन्तरकृया गरिएको थियो।
झापा गाउँपालिकाको-४ मा रहेको डिल्लीराज माविमा बिहिबार सम्पन्न कार्याक्रममा समुदाय प्रहरी साझेदारी स्कुल समितिका संयोजक विरेन्द्रप्रसाद गुप्ताको अध्यक्षता र झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आथीत्यता रहेको थियो।प्रहरी नायव निरिक्षक खड्क गिरीले संचालन गरेको कार्यक्रममा गिरीले समूदाय प्रहरी साझेदारीको अवधारणा,मूल नारा,साझेदारीका उदेश्यहरु अपराध हिंसा सामाजिक बिकृती बिरुद्द सचेतना संबन्धी स्पष्ट पार्नुभएको थियो।गिरीले ०७६-०७७ मा इप्रकामा २६७ केस आएको बताउदै हिंसा समाजबाटै हुने हो प्रहरीलाई अपराध न्युनिकरण गर्न सघाउन समूदायलाई समेत आग्रह गर्नुभयो।गिरीले कार्यक्रममै समूदाय प्रहरी साझेदारी अन्तर्गत बजार सरसफाई र सचेतना मुलक कार्यक्रम गर्ने समेत बताउनु भयो।
कार्यक्रममा न्याय तथा विकाशका लागी सामाजिक संजाल संस्थाका कार्यक्रम संयोजक कुमार चुडाल ले लैङ्गिक हिंसा बारे स्पष्ठ पार्नु भएको थियो।चुडल ले प्रहरी संग साझेदारी गर्दै हिंसा बिरुद्द समुदाय चनाखो हुनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितिकी संयोजक कुन्तीदेबी बुढाथोकीले समूदायमा प्रहरी संग मिलेर सामुदायिक हिंसाको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो।बुढाथोकीले समाजमा अहिले पनि लैङ्गिक हिंसा व्याप्त रहेकोले यसको न्युनिकरण गर्न आवश्यक कदम चाल्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।उहाँले न्यायिका समितिमा आएका ८०० मुद्दा मध्ए ३०० मुद्दा घरेलु हिंसाका रहेका ब ताउनु भयो।
कार्यक्रममा प्रमुख अतिथी शाहले समूदाय प्रहरी साझेदारी समिती पहिले गठन भइसकेपनी यो समिती निष्कृय भएकोले अब सकृय पार्नु पर्नेमा जोड दिनु भयो।उहाँले समूदायमा हुने हिंसाका घटना रोकथाममा समूदाय प्रहरी कार्यक्रम कोशेढुङा सावित हुने बताउनु भयो।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्षता गरिरहनु भएका गुप्ताले लैङ्गिक हिंसाको अन्त्य गर्न समुदायमा आचारण शैलीको बिकास गर्नु पर्नेमा जोड दिदै कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भएको थियो।समूदाय प्रहरी साझेदारी कार्यक्रममा प्रहरी चौकी पन्थापाडाका प्रहरी सहायक निरिक्षक भोलानाथ वाग्ले,प्रहरी चौकी टाघनडुब्बाका प्रसनी जितेनबहादुर थेबे,रानी समूदायीक बन उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार आङ्दम्बे,उपाध्यक्ष कमल गनगाईं,नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा गाउँपालिका कमिटीका अध्यक्ष रुद्र बजगाईं,झापा गाउँपालिका वडा-६ का वडा सदस्य कुमार ओली,वडाध्यक्षहरु क्रमश नेत्रबहादुर खड्का,हरीबहादुर बानियाँ,राजकुमार यादव्,वडा १ र २ का सचिव नारायण चम्लागाईं,महिला संजाल प्रती निधी गोमा बराल,कुमारखोद साना किसान कृषी साकोस अध्यक्ष कल्पना खड्का,नेपाल महिला संघकी केन्द्रीय सदस्य लखी गणेश लगायतको उपस्थीती रहेको थियो ।