कनकाई अनलाईन
बिर्तामोड, १९ कात्तिक । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै पहिलो पटक सदस्यहरुको कोरोना बिमा गरेको छ ।
संस्थाले बढ्दो कोरोना भाइरसको महामारीको खतराबाट संस्थाका कर्मचारी, समिति–उपसमिति तथा सदस्यहरुलाई राहत दिन कोरोना बिमा गरेको हो । संस्थाले २ हजार ५८७ जना सदस्यको कोरोना बिमा गरेको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार युनाइटेड इन्स्योरेन्स कम्पनीमा संस्थाले ८ लाख ६१ हजार ६२० रुपैयाँ प्रिमियम बुझाएको छ ।
त्यस्तै, संस्थाले बन्दाबन्दी ९लकडाउन०को अवधिमा सदस्यलाई हर्जना र ब्याज समेत मिनहा गरेको छ । संस्थाले लकडाउनको अवधिमा १२ लाख १४ हजार हर्जना र १७ लाख २७ हजार ब्याज मिनाह गरेको अध्यक्ष दंगालले जानकारी दिनुभयो ।
संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका स्थानीय सरकारको कोरोना कोषमा ६ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ भने एकका लागि एक अभियान अन्तरगत स्थापना भएको पीसीआर परीक्षण प्रयोगशालामा एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।
यसैबीच, संस्थाले आठौँ साधारणसभको पूर्वसन्ध्यामा आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष दंगाल, सल्लाहकार संयोजक भगिरथा आले मामा लगायतले प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयो ।
२०६९ सालमा विधिवत् रुपमा दर्ता भएर १८ लाख ५० हजार रुपैयाँमा कोरोबार सुरु गरेको संस्थाले हाल एक अर्ब रुपैयाँ भन्दा बढीको बासलात बनाएको संस्थाका उपाध्यक्ष पृथ्वी ओलीले जानकारी दिनुभयो ।
संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कूल कारोबार ७७ करोड ५६ लाख २ हजार ४२१ रुपैयाँको कारोबार गरेको संस्थाले ४९ लाख ४ हजार ४२१ रुपैयाँ नाफा गरेको छ ।
झापा जिल्लाभरि कार्यक्षेत्र रहेको हाम्रो नेपालले १५ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको छ भने चालू आर्थिक वर्षमा ५ वटा सेवा केन्द्र विस्तारको लक्ष्य लिएको छ ।
३७ जना सेयर सदस्यबाट सुरु भएको संस्थामा हाल १० हजार ९६२ जना सेयर सदस्य रहेका छन् । जसमध्ये ५ हजार ९०२ जना महिला र ५ हजार ६० जना पुरुष सदस्य रहेका छन् । हालै दमकस्थित कान्तिपुर साकोससँग एकीकरण गरेको हाम्रो हाम्रो नेपालमा १५७ जना कर्मचारी रहेका छन् ।
संस्थाका सचिव विपि लामिछानेले सञ्चालन गरेको कार्यक्रममा संस्थाको विभिन्न सेवा केन्द्रका संयोजक, इकाइगत संयोजकहरुको उपस्थिति रहेको थियो ।
कोरोना भाइरसको प्रभावका कारण सहकारी विभागले तोको ढाँचामा सभाधारणसभा सम्पन्न गर्दैछ । जसका लागि भोलि कात्तिक २० गतेदेखि पाँच वटा इकाइगत साधारणसभा सुरु हुँदैछ ।