कनकाई अनलाईन
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा ८, खोटाङमा २, झापामा २२, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १४९, संखुवासभामा २, सुनसरीमा १०७, सोलुखुम्बुमा २, धनुषामा २७, पर्सामा १३, बारामा १०, महोत्तरीमा १०, रौतहटमा १२, सप्तरीमा २, सर्लाहीमा ८, सिरहामा १९, काठमाडौँमा १२४२, काभ्रेमा १४९, चितवनमा १९५, दोलखामा ११, धादिङमा २६, नुवाकोटमा ६९, भक्तपुरमा ६३, मकवानपुरमा ७९, रसुवामा १ र रामेछापमा १३ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै ललितपुरमा १६३, सिन्धुपाल्चोकमा १३, सिन्धुलीमा ८, कास्कीमा ६३, गोरखामा १६, तनहुँमा ३६, नवलपरासीपूर्वमा ३३, पर्वतमा १, मुस्ताङमा ३, म्याग्दीमा ६, लमजुङमा ७, बाग्लुङमा १५, स्याङ्जामा ९, अर्घाखाँचीमा २, कपिलवस्तुमा १४, गुल्मीमा ११, दाङमा ९७, नवलपरासीमा १८, पाल्पामा ५, बर्दियामा २७, बाँकेमा ५३, रुकुमपूर्वमा ३, रुपन्देहीमा २०१, रोल्पामा ६, कालिकोटमा ८, जाजरकोटमा २, जुम्लामा १०, डोल्पामा १, दैलेखमा ७, मुगुमा १, रुकुमपश्चिममा ९, सल्यानमा २, सुर्खेतमा ६, अछाममा ४, कञ्चनपुरमा ५, कैलालीमा ७३, डडेल्धुरामा १, डोटीमा १०, दार्चुलामा ४, बझाङमा २ र बैतडीमा ४ जनामा कोरोना पुष्टि भएको छ।