Kanakai Online

कनकाईका १ सहित झापामा आज ६६ जनामा कोरोना संक्रमण,३ को मृत्यु


मङ्गलवार, कार्तिक १८, २०७७ |

सुरुङ्गा,कार्तिक १८ ।कनकाई नगरपालिकाका १ सहित आज झापामा ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दमक नगरपालिकाका १ स्वास्थ्यकर्मी सहित १४ महिला र १६ पुरुषमा संक्रमण पुष्टि भए संगै विर्तामोडका ४ महिला र ८ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार कमलका २ जना, गौरादहका ५ जना,गौरिगंजका ४ जना,मेचिनगरका ३ जना, बुद्धशान्तिका १ जना, अर्जुनधाराका १ जना र भद्रपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।मृत्यु हुनेहरुमा दमक-६ का ७१ बर्षीय,कमल-४ का ५० बर्षीय र गौरादह-१ का ८४ वर्षीय पुरुष रहेका छन।

आज सम्मको तथ्याङ्क अनुसार कोरोनाका कारण झापामा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ भने आज सम्मको कुल संक्रमित संख्या २२२० पुगेको छ।त्यस्तै निको हुनेको संख्या १३५४ रहेको छ।

सम्बन्धित खबर