विर्तामोड,कार्तिक १६ ।कनकाई नगरपालिकाका एक सहित आज झापामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
दमक नगरपालिकाका २० महिला र २५ पुरुषमा संक्रमण पुष्टि भए संगै विर्तामोडका २ महिला र ३ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
मेचीनगरका ६ जना, कमलका ११ जना, गौरादहका ३ जना, शिवसताक्षीका २ जना, कनकाईका १ जना, बुद्धशान्तिका १ जना, अर्जुनधाराका १ जना र बाह्रदशीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिनुभयो।
आइतबार झापामा तीन जना संक्रमितको मृत्यु भएको छ। कोरोनाका कारण झापामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ भने आज सम्मको कुल संक्रमित संख्या २०९५ पुगेको छ।