विर्तामाेड,कात्तिक १४ । काेराेना भाइरस संकमणबाट झापामा थप तीनजनाको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार अपरान्ह ४ बजेसम्म थप तीनजनाकाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा गौरादह, शिवसताक्षी र दमकका व्यक्ति रहेका छन्।याे सँगै झापामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३४ पुगेको छ।झापामा आज सम्मको कुल संक्रमित संख्या १९३९ रहेको छ भने निको हुनेको संख्या १२७४ रहेको छ।