Kanakai Online

जाजरकोट-आगलागीबाट जले पाँच घर


सोमवार, कार्तिक १०, २०७७ |

जाजरकोट,कात्तिक १०-विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा  र पर्से परियारको घर पूर्णरुपमा जलेको छ ।  घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिए ।

आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ ।रासस