Kanakai Online

झापामा कोरोना संक्रमणबाट २ को मृत्यु।


आइतवार, कार्तिक ९, २०७७ |

दमक, कार्तिक ९ गते । झापामा कोरोना संक्रमण भएका दूई ब्यक्तिको शनिवार मृत्यु भएको छ । दमक ७ मा एकसाता अघि कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा रहेका एक ५२ वर्षीय पुरुषको मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार स्वास्थ्यमा समस्या भएपछि तत्काल अस्पताल भर्नाकाे तयारी गरिरहेको अवस्थामा ती संक्रमितको मृत्यु भएको हो । योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यसैगरी शनिवार नै झापाको गौरादह नगरपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको जनाईएको छ । गौरादह ६ का ३६ वर्षीय युवाको कोरोना संक्रमणबाट बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिनुभएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार शनिवार सम्ममा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । १७ सय ३० जनामा कोरोना संक्रमण देखिएको र यसमा १ हजार ९० जनाले कोरोनालाई जितेका छन् । ६१७ जना आईसुलेसनमा सक्रिय संक्रमितहरु छन् ।source-gorkhapatra online.

सम्बन्धित खबर