Kanakai Online

पाँच महिने शिशुको कोरोनाबाट मृत्यु


शनिवार, कार्तिक ८, २०७७ |

धरान :बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुईजनाको मृत्यु भएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको हो । 

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । बालिकामा दिमागसम्बन्धी रोगको समस्या भएको जनाइएको  छ।

यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । उनलाई यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भइ ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । रासस