कनकाई अनलाइन
झापा गाउँपालिका-२ बालुवाटार नजिक रहेको कुवाडी जाने पुल अहिले झापा गाउँबासीका लागि चर्चा र उत्सुकताको बिषय बनेको छ।यो विषयले चर्चा पाउनुको एक मात्र कारण हो गत बुधबार आधा घण्टाका फरकमा भएको दुइपटकको उद्घाटन।प्रदेश सभा सदस्य हिरा थापाले पहिलो उद्घाटन गरेको लगत्तै झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले पुन दोस्रो पटक सो पुलको उद्घाटन गर्नुभएको थियो।
पुल उद्घाटनका बखत पुल अगाडि राखिएको सुचना बोर्ड नै गलत लेखेको प्रती प्रदेस सभा सदस्यले आपत्ती जनाउनुभएको थियो।यता गाउँपालिका अध्यक्ष शाहले त्यसको खण्डन गर्नुभएको थियो।थापा नेकपाबाट निर्वाचित सदस्य हुनुहुन्छ भने शाह नेपाली कांग्रेस बाट निर्वाचित अध्यक्ष हुनुहुन्छ।
पुलको दुइपटक उद्घाटन अनि सुचना बोर्डमा लेखिएका कुरा बिच गाउँबासीमा चर्चापरिचर्चा चलिरहँदा हामीले यसबारे गाउँपालिका कार्यालय संग सम्बन्धित फरक-फरक ब्याक्तीहरु संग फरक-फरक समयमा संवाद गरेका छौ।
पहिलो संवाद गाउँपालिका उपाध्यक्ष कुन्तीदेबी बुढाथोकी संग–
उपाध्यक्ष बुढाथोकीले पुलको लागतका बिषयमा संघिय बजेटबाट तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गत ५० लाख र बाँकी खर्च गाउँपालिकाबाट भएको बताउनु भएको छ।उहाँले पुलको अनुमानित लागत रकम १ करोड २ लाख ३८ हजार ४४८ रुपैयाँ भए पनि अहिले करिब ८६ लाखमा सम्पन्न भएको बताउनु भएको छ।”पुल निर्माणमा खर्च भएको करिब ८६ लाखमा तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत ५० लाख र बाँकी बचेको खर्च गाउँपालिकाले गरेको बुढाथोकीले कनकाई अनलाइन स्पष्ट पार्नुभयो।
दोस्रो संवाद गाउँपालीका अध्यक्ष जयनारायण शाह संग-
पुलको लगानीका बिषयमा अध्यक्ष शाहले सम्पुर्ण लगानी गाउँपालिकाको रहेको बताउनु भएको छ।उहाँले भन्नुभयो ” पुलमा कुनै सांसदको लगानी छैन,ससर्तमा अनुदान आउँछ,अनुदान त विभिन्न शिर्षकमा आउँछन तर निर्णय स्थानिय सरकारले गर्छ,कहाँ पुल बनाउने हो कहाँ के गर्ने हो,स्पष्ट के हो भने कुनै सांसद बिकासको पैसा छैन,तराई मधेसको पैसा हामी प्रत्येक बर्ष पाउँछौ भने हामीले कहाँ लाउने त्यो गाउँपालिकाको निर्णय हो,तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत झापाका सबै स्थानिय तहले रकम पाउँछन्”।शाहले थप्नुभयो “झाटीको पुलमा ६० लाख प्रदेस सभा सदस्य थापाले हालेको छ त्यो उहाँले नै हालेको हो,त्यस्तै एलपी साँबाले दयालधाम जाने बाटोको पुलमा ५० लाख हाल्नु भएको छ त्यो उहाँले नै हालेको हो”।उहाँले यस पुलको बिषयमा सम्पुर्ण लगानी झापा गाउँपालिकाकै रहेको स्पष्ट पार्नुभएको छ।
तेस्रो संवाद झापा गाउँपालिका कार्यालय स्रोत संग-
उक्त पुलको बारेमा कार्यालय स्रोतले तराइ मधेस कार्यक्रम अन्तरगत केन्द्रबाट आएको ५० लाख र बाँकी लगानी झापा गाउँपालिकाले गरेको जानकारी दिएको छ।
पुलको बारेमा-
झापा गाउँपालिका-२ बालुवाटार नजिक रहेको कुवाडी जाने सानोमाईमा निर्माण सम्पन्न गरिएको फलामे पुलको १२० मिटर लम्बाइ र ५ फिट चौडाई रहेको छ।यसबाट लावाम्वित घर धुरी संख्या ५०० बताइएको छ।पुलमा अहिले सम्ममा ८५ लाख ८८ हजार ३ सय १४ रुपैया ७२ पैसा मात्र खर्च भएको बताइएको छ।