Kanakai Online

कोरोनाको खिल्ली, झापा गाउँपालिकामा एउटै पुलको दुइपटक उद्घाटन


बुधवार, कार्तिक ५, २०७७ |

कनकाई अनलाईन
सरकार वढी भीडभाड नर्गनु अत्यावश्यक कामवाहेक घरबाहिर समेत ननिस्कनु भन्ने सन्देश दिनहु प्रवाह गरिरहेको छ , अझ झापा जिल्लामा त झन कोरोना रोकथामका लागि वेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल गर्न समेत निषेध गरिसकिएको छ तर सरकारका तहबाटै यहाँ सरकारको निर्णयको खिल्ली उडाउने काम भएको छ ।
झापा गाउँपालिका २ बालुवाटारस्थि सानो माईको झोलुङ्गे पुलको एक घण्टाकै फरकमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्षले पालैपालो उद्घाटन गरेर कोरोना कहरकै खिल्ली उडेको छ ।बुधबार आफ्ना दलबलसहित पुल उद्घाटन गर्न पुगेका प्रदेशसभा सदस्य हिराकुमार थापाले पुलको रिवन काटेर उद्घाटन गरेर फर्किएको एक घण्टाभित्रै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले पुन सोहि पुलको दुबैपट्टि रिबन बाध्न लगाएर रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
पुलको उद्घाटन साढे ८ बजे राखिएको भएपनि पुलको उदघाटन ९ बजे भएको थियो । साढे ९ बजे प्रदेशसभा सदस्य हिराकुमार थापाले पुलको उद्घाटन गरेर जानसाथ आधा घण्टाभित्रै आफ्ना दलबल र पत्रकार समेत लिएर आउनुभएका गाउँपालिका अध्यक्ष जयनारायण शाहले पुलको पुन उद्घाटन गर्नुभएको थियो । यस क्षेत्रमा पालिका अध्यक्ष शाह नेपाली कांग्रेस र प्रदेशसभा सदस्य थापा नेकपा बाट निर्वाचित हुनुभएको थियो । तराइ मधेश समृद्द कार्यक्रम अन्तर्गत ५५ लाख अनुदान र साहारा नेपालको तर्फबाट र जनश्रमदान गरेर जम्मा एक करोड दुई लाखमा उक्त पुल निर्माण भएको हो । तर पुल निर्माणपछि पालिका अध्यक्ष शाहले गलत सुचनाको पुलमा शिलालेख लेख्न लगाएको भन्दै उद्घाटनमै प्रदेशसभा सदस्य थापाले आरोप लगाउँनुभयो । थापाले उद्घाटन गरेको एक घण्टाभित्रै पुलको पुन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शाहले थापाको खण्डन गर्नुभएको थियो । पुलको उद्घाटनको सभापतित्व समेत पालैपालो सम्बन्धित वार्डअध्यक्ष नेत्र खड्का र पुल निर्माण समितिका अध्यक्ष द्धारिका खतिवडाले गर्नुभएको थियो । यसरी दलवलका साथ एउट्रै पुलको एकघण्टाभित्रै अलग अलग समुह आएर रिबन काटी भीडभाडका साथ उद्घाटन गरिएपछि स्थानीय भने अच्चम्मित भएको स्थानीयको भनाई छ ।
यसअघि पुलको उद्घाटनका लागि प्रमुख अतिथि कसलाई बोलाउने भन्ने वारेमा समेत गाउँपाकिला अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तिदेवि बुडाथोकीविच समेत पालिकामा विवाद भएको स्रोतले बताएको छ । गाउँपालिकामा अध्यक्ष शाह कांग्रेस र उपाध्यक्ष बुडाथोकी तत्कालिन एमालेबाट निर्वाचित हुनुभएको थियो ।
फोटो ः आधा घण्टाको फरकमा एउटै पुलको उद्घाटन गर्दै प्रदेशसभा थापा र गाउँपालिका अध्यक्ष शाह र पुल उद्घाटनमा भएको ठुलो भीड

सम्बन्धित खबर