कनकाई अनलाइन।शरणामती,कार्तिक ३।नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखाको संयोजनमा शरणामती बजारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
पालिकामा रहेका विभिन्न १९ वटा संघसंस्थाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको नेरेसो शरणामती उपशाखाका सभापती केशब बजगाईंले कनकाई अनलाइनलाई बताउनु भयो।बजगाईंका अनुसार नेरेसो झापा जिल्ला साखाको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ।
नेरेसो उपशाखा शरणमतीका सभापति केशब बजगाईंको सभापतित्वमा भएको कार्यक्रममा नेरेसो झापा जिल्ला शाखाका मन्त्री चन्द्रप्रसाद चुडालको प्रमुख आतिथ्यता रहेको थियो।अतिथिहरुमा वडाध्यक्षहरु हरिबहादुर बानियाँ,दिनेस राजबंशी,नेत्रप्रसाद उप्रेती त्यस्तै विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि चुडालले रक्तदान कार्यक्रममा यस रक्तदानलाई सफल बनाउन सबैले सहयोग गरेको प्रती हार्दिक धन्यबाद प्रकट गर्नुभएको थियो।नेरेसो शरणामती उपशाखाका सचिव जीतबहादुर कार्कीले संचालन गरेको रक्तदान कार्यक्रममा नेरेसो शरणामतीलाई विशेष योगदान गर्ने पाँच जना अग्रज व्याक्तित्वलाई समेत दोसल्ला ओढाई नगद सहित सम्मान पत्रले सम्मानित गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभापती बजगाईंले रक्तदान जीवन दान हो भन्दै रक्तदान गरेर सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यबाद प्रकट गर्दै कार्यक्रमको अन्त्य भएको घोषणा गर्नुभएको थियो।