Kanakai Online

साप्ताहिक राशिफल-२०७७ कार्तिक २ देखी ८ गते सम्म।


आइतवार, कार्तिक २, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ कार्तिक २, आइतबार
इ.संः २०२० अक्टोबर १८
संवत्सरः प्रमादीनाम संवत्सर
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः तुला राशीमा
तिथीः द्धितीया
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः स्वाती
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः६
साताका चाडपर्व÷ दिवसहरु
७ गतेः फूलपाती नवपत्रिका प्रवेश
८ गतेः महाअष्टमी कालरात्री
संयुक्त राष्ट्रसंघ दिवस
साताका मुहूर्त
मुठी लिने २, ६ गते ।
साप्ताहिक राशीफल २–८ कार्तिक २०७७
मेषः साता राम्रो रहेको छ । रत्न धातु आदिको कारोवारमा सफलता
मिल्नेछ । प्रेम प्रसंग चल्ने देखिन्छ। मनग्य आर्थिक लाभ पनि हुने देखिन्छ । तपाईँका योजनाहरु सम्पन्न हुँदै जानेछन् ।
मानसम्मानमा कमी आउनेछैन । शुक्रवार अपरान्हदेखि भने पेट
सम्बन्धि गडबडी उत्पन्न हुन सक्ने देखिन्छ । मनमा भय रहला ।
वृषः साताको पहिलो दिन संयम रहनुहोला । बादविवादबाट टाढै
रहनु बेस हुनेछ । यात्रामा सावधान रहनुहोला । चोटपटकको भय छ ।
सोमवारदेखि गरगहना आदि उपहार प्राप्त होला । सुखवृद्धि होला ।
पारिवारिक सुख मिल्न्ेछ । शरीरमा स्फुर्ती छाउला । आर्थिक अवस्था
बलियो हुनाका साथै आँटेका कामहरु सिद्ध हुनेछन् ।
मिथुनःनोकरीबाट सन्तोष मिल्न्ेछ । मानसम्मान प्राप्त होला ।
सोमवार र मंगलवार यात्रामा ननिस्कनु उत्तम हुनेछ । बोलीमा
नियन्त्रण गर्नुहोला । बुधबारदेखि समय राम्रो रहनेछ । धातु, रत्न
आदिको कारोबारमा मनग्य आर्थिक लाभ होला । सुख बढ्ने,
प्रेमप्रणयको आनन्द प्राप्त होला । शरीर स्वस्थ रहनेछ ।
कर्कटः महत्वपूर्ण कामका लागि मित्रहरुको भरपूर सहयोग रहनेछ ।
शुभ र सुखदायक समय छ । राज्यबाट पुरस्कृत भइएला भइएला ।
सामाजिक प्रतिष्ठाको उचाइ चुलिने छ । बुधबार र विहिवार केहि प्रतिकूल
समय छ । शुक्रवार अपरान्हदेखि द्रव्यादि लाभ हुने योग रहेको छ ।
सिंहः मन प्रशन्न रहला । लाभका विभिन्न अवसरहरु मिल्ने देखिन्छ
। मित्रहरुको सहयोग मिल्नेछ र योजनाहरु सम्पन्न हुँदै जानेछन्
। नोकरीमा पदोन्नति होला । मानसम्मान मिल्नेछ । साताको
उत्तरार्ध भने केही प्रतिकूल छ । झैझगडा, मुद्धा मामिलामा
परिएला साथै चोटपटकको भय देखिन्छ ।

कन्याः साताको पहिलो दिन औषधिउपचारमा खर्च होला ।
सोमबारबाट भाग्य खुल्नेछ ।मन प्रशन्न रहला । आयआर्जनका
मार्गहरुले पछ्याउनेछन् । शुभ र सुखदायक समय छ । योजनाहरु
सहजै सम्पन्न हुनेछन् । सहयोगी हातहरु पाइएला । नोकरीमा
पदोन्नति तथा मानसम्मान प्राप्त हुनेछ ।
तुलाः भाग्योदय हुने देखिन्छ । शरीर पुष्ट रहला । मिष्ठान्न
भोजन प्राप्तिले मनमा आनन्द छाउला। सोमवार र मंगलवार
औषधोपचारमा धन खर्च हुने देखिएपनि वुधवारदेखि समय राम्रो छ ।
आयआर्जनका बैकल्पिक मार्गहरु भेटिनेछन् । मनमा आनन्द छाउला
। आँटेका कामहरु सिद्ध भएर जानेछन् ।
वृश्चिकः प्रशस्त धनलाभ हुने समय छ । शरीर स्वस्थ रहला । मनपर्ने
पकिारको स्वादको आनन्द लिन पाइएला । बुधबार देखि शुक्रवार
अपरान्ह सम्म औषधी उपचारमा धन खर्च होला । शुक्रवार
अपरान्हदेखि स्वास्थ्यलाभ होला । मन प्रशन्न रहला र साथै धनागम
हुने योग पनि रहेको छ ।
धनुः परीक्षा प्रतियोगिता आदिमा सफलता हात लाग्नेछ ।प्रशस्त
धनलाभ हुनेछ । भाग्योदयको समय छ । मिष्ठान्न भोजन मिल्ने
देखिन्छ । शरीर स्वस्थ रहनेछ । अन्नलाभको समय छ । शुक्रवार १
वजेदेखि भने शरीर केही अस्वस्थ रहला साथै धनखर्च पनि हुने योग
देखिन्छ ।
मकरः साताको पहिलो दिन पेट सम्बन्धि समस्या दोहोरिएला ।
मनमा भयले सताउला । तर त्यसपछि समय राम्रो छ । प्रशस्त धनार्जन
हुने देखिन्छ । सुखवृद्धि हुनेछ । प्रतिष्पर्धामा विजयी भइएला । सम्पत्तीको जोगाड होला । भाग्योदय हुनेछ र साथै अन्नलाभको
योग देखिन्छ ।
कुम्भः साता राम्रो छ । सुखवृद्धि होला । कामकाजहरु सम्पन्न भएर
जालान । तर पेटसम्बन्धि समस्या बल्झिन सक्छ । बुधबारदेखि प्रशस्त
धनार्जन हुने योग छ । आर्थिक कारोबार तपाईँका पक्षमा होलान ।
प्रतियोगितामा जीत हात लागि हुनेछ । भूमी, वाहन आदिको सुख प्राप्त
होला ।
मीनः शरीर स्वस्थ र निरोगी रहला । वित्तीय क्षेत्र तपाईँको
अनुकूल रहनेछ । तपाईँका योजनाहरु सम्पन्न हुँदै जानेछन् ।
बुधबार र शुक्रवारको विचमा कुक्षीरोगले सामान्य सताएपनि शुक्रवार
देखि स्वास्थ्य सुधार हुँदै जानेछ । सुखवृद्धि हुनेछ । प्रतिष्पर्धामा
विजयी भइएला ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”