कनकाई अनलाईन
झापा कनकाई नगरपालिका १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र राप्रपाबाट उम्मेद्धार बनेका नै नेकपामा प्रवेश गरेका छन ।
आज नेकपाको विशेष कार्यक्रममा नेपाली कांग्रेसकी दलित वार्डसदस्यकी उम्मेद्धार संगिता ल्वागुन र राप्रपाबाट दलित सदस्यकी उम्मेद्धार पार्वता नेपालीले आआफ्नो पार्टी छाडेर नेकपामा प्रवेश गर्नुभएको छ । यसैगरि नेपाली कांग्रेसका यस क्षेत्रका प्रतिष्ठित नेता समेत रहनुभएका शुशिलकुमार पोखरेल लगायात कनकाई १ नम्बर वार्डका ९३ जना नेपाली कांग्रेस र राप्रपाका पार्टी सदस्यहरु आज एकसाथ नेकपामा प्रवेश गरेका छन ।
उनीहरुले समाजवाद र दलित र बर्गिय उत्थानका लागि कांग्रेस र राप्रपाले कुनै भुमिका खेल्न नसकेको आरोप लगाउँदै नेकपामा प्रवेश गरेका हुन ।
दुर्गापुरमा आज आयोजित कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव मणिकुमार साम्पाङ्ग बिजय , प्रदेशसभा सदस्य तथा नेकपा नेता हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख तथा नेकपा जिल्ला कमिटी सदस्य राजेन्द्रकुमार पोखरेल, पार्टीका नगर इन्चार्ज गोपाल प्रसाई, अध्यक्ष रविन्द्र लम्साल, सचिव विष्णुप्रसाद बिमली, कनकाई १ नम्बर वार्डअध्यक्ष रोषनराज पोखरेल , पार्टीका वार्ड अध्यक्ष ऋषिराम खतिवडा, वार्ड इन्चार्ज प्रेमप्रसाद अधिकारी, सचिव दलबहादुर विश्वकर्मा लगायातले नव पार्टी प्रवेशीलाई स्वागत र पार्टी सदस्यता बितरण गर्नुभयो । कार्यक्रममा बोल्दै दलित नेता छबिलाल विश्वकर्मा लगायातका अतिथिहरुले पार्टी प्रवेशीलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्धता जनाउँनु
भयो ।
कार्यक्रममा सहभागिहरु अतिथिहरुले हाल विपक्षिहरुले सरकारको आलोचनाका लागि मात्रै आलोचना गरिरहेको भन्दै २००७ सालपछि सबैभन्दा वढी विकास नेकपाको यो तीन बर्षे कार्यकालमा भएको बताएका छन । उनीहरुले नेकपाका कार्यकर्तालाई पार्टी र सरकार विरोधीहरुको प्रतिउत्तर हालसम्म भएको विकास निर्माण र दलित तल्लो बर्गका नागरिकको हकहितका लागि सरकारले गरेको कामका बारेमा प्रचार गरेर दिन समेत आव्हान गरेका छन । कार्यक्रम नेकपा कनकाई १ को बार्डपार्टीको आयोजनामा भएको हो ।
यो एउटै वार्डमा यतिठुलो सङ्ख्यामा जिम्मेबार नेता सहित पार्टी प्रवेश गरेको कनकाईको पहिलो घटना हो ।