कनकाई अनलाइन।शरणामती,असोज २७।झापा गाउँपालिकामा छ महिना देखि बन्द रहेका सामुदायिक विद्यालय धमाधम खुल्न थालेका छन।कोरोना जोखिम भएपछी शैक्षिक क्षेत्रमा धेरै नै प्रभाब पर्यो।लामो समय देखि पठनपाठन बन्द भएपछी बालबालिका शिक्षाबाट बञ्चित हुनु पर्यो।मुलुकमा शैक्षिक क्षेत्र अस्तब्यस्त भएको भन्दै नेपाल सरकारले जारी गरेको बालबालिकाका लागि सिकाई सहजीकरण निर्देशिका बमोजिम पठनपाठन सुरु गरेको झापा गाउँपालिका-५ मा रहेको श्री रामजानकी आधारभुत विद्यालयका प्रधानध्यापक उमाराम रिजालले कनकाई अनलाइनलाई बताउनु भयो।
विद्यालयमा पठनपाठन गर्दा सेनेटाइजर,मास्कको प्रयोग गरेर पठनपाठन गर्ने गरेको झापा गाउँपालिका-६ भृकुटी चौकमा रहेको श्री भृकुटी आधारभुत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा नेहा दंगालले जानकारी दिनुभयो।लकडाउनले बालबालिकाको पठनपाठन प्रभावित भएको भन्दै आफ्नो बिद्यालयले प्रेत्येक बिद्यार्थीको हप्तामा दुई पटक विद्यालय आउनेगरी प्रत्येक कक्षालाई तालिका बनाएर विभिन्न बारमा पठनपाठन गर्दै गरेको श्री भृकुटी आधारभुत विद्यालयका सहायक शिक्षक होमनाथ पराजुलीले बताउनु भयो।
गाउँपालिकाले एक विद्यार्थीलाई हप्तामा दुई पटक विद्यालय आउने गरि विद्यालय सन्चालन गर्नुपर्ने निर्देशन जारी गरे संगै विद्यार्थीहरु संग अन्तरकृया गरिरहेको झापा गाउँपालिका-६ शरणामती स्थित श्री जनता माविका प्रधानध्यापक सुर्यकान्त राउतले बताउनु भयो।श्री भृकुटी आविमा कक्षा-४ मा अध्ययनरत छात्रा टीका तामाङले आफुहरुले अध्ययनका क्रममा साथीहरु संग भौतिक दुरी कायम गर्दै पठनपाठन गर्ने गरेको बताउनु भयो।
लामो समय देखि कोरोना प्रभाबका कारण बन्द रहेका विद्यालय खुल्न थालेपछी बालबालिकाको अन्योलमा रहेको भबिस्य सुनिश्चित हुने आसा पलाएको छ।