Kanakai Online

आजको राशिफल-२०७७ असोज २७ मंगलबार


मङ्गलवार, असोज २७, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज २७, मंगलबार
इ.संः २०२० अक्टोबर १३
नेपाल संवतः ११४० (अनलागा)
चन्द्रमाः सिंह राशीमा,
तिथीः एकादशी, प्रात १०ः०४ पश्चात द्धादशी
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः मघा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०३
पर्व दिवस
परमा एकादशीव्रत
आजको राशीफल, मंगलबार, २७ असोज, २०७७
मेषः सामाजिक प्रतिष्ठा मिल्नेछ तर शरीर अस्वस्थ रहला । सरकारी
कामकाजहरुमा विलम्ब हुनेछ ।
वृषः साथीभाइको सहयोग मिल्नेछ । कामकाजहरु सहजै सम्पन्न
होलान । सुखवृद्धि हुनेछ । दिन शुभ रहनेछ ।

मिथुनः लाभका विभिन्न मार्गहरु भेटिनेछन् । मन आनन्दित रहला
। मुहारमा कान्ति छाउला ।
कर्कटः अधिक खर्चले आर्थिक संकट निम्त्याउला । शारीरिक थकान
महसुस होला । स्थीर सम्पत्ति क्षय हुने देखिन्छ ।
सिंहः पारिवारिक जमघटमा मिष्ठान्न परिकारको स्वादमा रम्न
पाइएला । आज भाग्योदयको दिन छ ।
कन्याः रोगले छोड्दै जानेछ । तर खर्च वृद्धिले छोड्ने छैन ।
वाहन, भूमी आदिको कारोवारमा नोक्सान व्यहोर्नुपर्ला ।
तुलाः जग्गाजमीन, सवारी आदिको सुख मिल्ला । धन प्राप्ति हुनेछ ।
प्रतिष्पर्धामा जीत हासिल हुने देखिन्छ ।
वृश्चिकः पेट सम्बन्धि समस्याले सताउला । तर सामाजिक उचाईँ
कायम नै रहनेछ । मनमा चिन्ता रहला ।
धनुः आज दिक्दारी महसुस होला । पेट सम्बन्धि समस्याले सताउने
छ । कामकाजहरु अलपत्र नै रहलान ।
मकरः रोगबाट छुटकारा मिल्ला । आरोग्यता प्राप्ति हुनेछ । मनग्य
आर्थिक उन्नति हुने योग देखिन्छ ।
कुम्भः प्रेम प्रसंगमा रम्न पाइएला । सुखानुभूति हुनेछ । धातु
गरगहना आदिको कारोबारबाट प्रशस्त फाइदा हुनेछ ।
मीनः आठौँ स्थानको चन्द्रमाका कारण झैझगडा,
मुद्धामामिलामा परिएला । दुर्घटना तथा चोटपटकको भय देखिन्छ ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”