Kanakai Online

नेपालमै पहिलोपटक बालबालिका तथा शिक्षा सञ्चार मञ्च गठन


आइतवार, असोज २५, २०७७ |

झापा । बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग हातेमालो गरी अघि बढ्ने उद्धेश्यले झापामा बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल गठन गरीएको छ ।

बिर्तामोड नगरपालीकाको सभाहलमा आईतबार आयोजीत कार्यक्रमका बिच सञ्चारकर्मी सरोज पौडेलको नेतृत्वमा गठित समितिमा १५ वटै पालीकाका कम्तिमा १ जना सञ्चारकर्मी सदस्य रहने गरी तदर्थ समिति गठन गरीएको हो ।

कार्यसमितिमा अर्जुनधाराबाट शुष्मा त्रिखत्री र पुष्पा लिम्बु, मेचीनगरबाट प्रकाश पौडेल, बुद्धशान्तिबाट आयुष निरौला, भद्रपुरबाट द्रोण अधिकारी, गौरीगञ्जबाट आत्माराम राजबंशी, हल्दिबारीबाट नेत्र बिमली, गौरादहबाट सृजन घिमिरे, कचनकबलबाट घनश्याम अर्याल, कनकाईबाट चन्द्र बस्नेत, कमलबाट उमानाथ भण्डारी, झापाबाट केशव चापागाई लगायत रहेका छन् ।

आगामी कार्तिक १ गते बिर्तामोडमा बस्ने मञ्चको पहिलो बैठकले समितिलाई पूर्णता प्रदान गर्ने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सडक बालबालिकाको व्यबस्थापन र उनीहरुलाई उचित शिक्षाको पहुँचमा पुर्याउन स्थानीय सरकारले प्रभावकारी रुपमा काम गरीरहेको बताउनुुभयो । उहाँले नवगठित समितिले बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग पुलको काम गर्नुपर्ने सुझाव समेत प्रदान गुर्नभयो ।

कार्यक्रममा नगर उप– प्रमुख पवित्रा महतरा प्रसाई , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको आतीथ्य रहेको थियो । आगामी दिनमा मञ्चको बिभिन्न जील्लामा समेत शाखा बिस्तार गरीने संयोजक पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर