कनकाई अनलाइन।शरणामती,असोज २३।झापा गाउँपालिका-७ मा पर्ने दयालधाम जोड्ने सडकमा भएको कालोपत्रे कमसल भएको भन्दै स्थानियले गुनासो गरेका छन।
गत शनिबार शरणामतीको कनकाई चौक देखि दयालधामको लक्ष्मी मार्ग जोड्ने १५८० मिटर कालोपत्रे सम्पन्न भएको थियो।बिचमा पनि स्थानिय उपभोक्ताको पटक पटक बिरोधका बिच काम सम्पन्न गरेको स्थानियले बताएका छन।कालोपत्रे गरिसकेको ७ दिन बितिसक्दा अहिले नै कालोपत्रे उक्किन थालेको स्थानिय छलिमाया कडेलले कनकाई अनलाइनलाई गुनासो गर्नुभयो।लाटो देशको गाडो तन्नेरीको युक्ती चरितार्थ भएको भन्दै पुरानो अलकत्र हालेर काम फत्ते गरेको स्थानिय रंगलाल कड्डेलले आरोप लाउनु भयो।बिच-बिचमा बाटो धस्किएको देखाउँदै एक स्थानियले राम्रो नपेलेर बाटो धस्किएको बताउनु भयो।
“दिउँसो करिब १/२ बजे सांझको समय भए पछी काम सुरु भयो,काम सुरु हुँदा पनि स्थानिय संग संगै लागेर बिरोध गरेउ,यो परको कल्पोट देखि उता राती काम भयो,कालोपत्रेको माप कालोपत्रे हाल्दै चेक गरे,कालोपत्रे पेलेर चेक गर्नु पर्थियो” स्थानिय अभिचन्द्र सिटौलाले बताउनु भयो।
यता उपभोक्ता समितीका अध्यक्ष यज्ञप्रसाद उप्रेती संग यस बिषयमा कनकाई अनलाइनले कुरा गर्दा यो बाटो बन्दै गर्दा बिरोध गरेकै हो,मापदण्ड अनुसारको यही हो भनेर इन्जिनियरले भनेको बताउनु भयो।उहाँले भन्नुभयो”इन्जिनियरले भनेपछी बाटोको उपभोक्ता समितिको केही नलाग्ने रहेछ,उपभोक्ता समितिको काम कर्तब्य कहाँ कल्पोट लाउने कहाँ नलाउने मात्र हुँदो रहेछ।”उहाँले उपभोक्ता समितिको कुनै अधिकार क्षेत्र नरहने बताउनु भयो।
यता गाउँपालिका इन्जिनियर फेसिस पाण्डेले दयालधाम मार्गमा सोचे भन्दा बढी काम भएको बताउनु भयो।उहाँले स्टमेटमा भएको ३० मिलिमिटर कालोपत्रे हुनु पर्नेमा ३५/४० मिलिमिटर भएको बताउनु भयो।राती पनि काम भयो रे भन्ने कनकाई अनलाइनको जिज्ञासामा रोलर बिग्रेर बाध्यताले राती भएको स्पष्ट पार्नुभयो।पाण्डेले कालोपत्रेमा राम्रो बिटुमिनको प्रयोग गरेको भन्दै पिच गुण्स्तर भएको दाबी गर्नुभयो।पिच सुक्न ७ दिन लाग्ने बताउदै पिच माथी प्रयोग गरिएको चिलकोड उक्किएको हुन सक्ने बताउनु भयो।पाण्डेले अहिले कालोपत्रे नसुकेकोले भासिने,गाडीहरु चलाउदा उक्किने र घाममा पग्लिने भएकाले छेडछाड गर्दा गिलो भएर दुलो परेको हुनसक्ने बताउनु भयो।कालोपत्रेको ल्याब टेस्ट पनि गरिसकेको भन्दै कालोपत्रेको छेउमा ग्राबेल सोल्जर हाल्न बाँकी रहेको पाण्डेले बताउनु भयो।
शरणामती कनकाई चौक देखि मदरगाछ दयालधामको लक्ष्मी मार्ग सम्म जोड्ने १५८० मिटर सडक कालोपत्रे गर्न स्थानीय सरकार झापा गाउँपालिकाले बजेट बिनीयोजन गरेको हो।कालोपत्रेको लागि लागत स्टमेट बीमा समेत गरेर १ करोड़ ३९ लाखमा नेपाल पूर्वाधार कन्ट्रक्सन एन्ड सप्लायर्सले ठेक्का लिएको बताइन्छ।