कनकाई अनलाईन
बिर्तामोडको सैनिकमोडबाट प्रहरीले ब्राउनसुगरसहित भारतीय कारोबारीलाई पक्राउ गरेको छ ।प्रहरीले बिर्तामोड नगरपालिका वडा नं। ९ नरियावारीमा डेरा गरी बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजो दिउँसो ४ बजे पक्राउ गरेको हो ।
मिस्त्री काम गर्ने उनले भारतबाट लागु औषध ल्याएर नेपालमा बिक्री गर्दै आएको खुलेको छ ।प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६।९९ ग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका भारतीय नागरिक रायलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।