Kanakai Online

जिल्ला समन्वय समितिका अध्यक्ष पोर्तेललाई कोरोना


बुधवार, असोज २१, २०७७ |

कनकाई अनलाईन
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिनुभएको थियो ।

पोर्तेलको आज बुधबार विहान कोरोना पोजेटिभ आएको हो । विभिन्न सार्वजनिक कार्यक्रममा सहभागिता बढ्न सक्ने भन्दै प्रमुख पोर्तेलले कोरोना परीक्षण गराउनुभएको् थियो । प्रमुख पोर्तेलसहित झापामा संक्रमितको संख्या ९५५ पुगेको छ । मंगलवारसम्म ८३९ जना उपचार पछि घर फर्किसकेको पोर्तेलले बताउँनुभयो । हाल पोर्तेलमा कुनै लक्षण नदेखिएको र हाल घरकै होम आइसुलेशनमा रहनुभएको पोर्तेलले बताउँनुभयो ।
हाल झापामा कनकाई नगरपालिकाको सुरुङ्गा र मेची प्रादेशिक अस्पताल भद्रपुर गरि दुबै स्थानबाट पिसिआर चेक हुदै आएको छ ।

सम्बन्धित खबर