कनकाई अनलाइन।शरणामती,असोज १८।झापा गाउँपालिका-६ का सनित राई र यसै पालिकाका वडा नंम्बर ७ का प्रेम सिटौला उमेरका हिसाबले दौतरी नै हुन यसकारण उनीहरुको ब्यबसायीक सोचमा पनी खासै भिन्नता छैन ।नेपाल आर्मीमा दुई बर्ष भोगेर बिदेसको पनि अनुभव संगालेका सिटौला अनि बराइन,अफगानस्थान जस्ता देशको तातो घामको ताप सहिसकेका राई बिगत छ महिना देखी कृषीमा भबिष्य खोज्दै दौडीरहेका छन ।हाल झापा गाउँपालिका-२ मा पर्ने कनकाई माईको नदिकिनार टप्पु भन्ने स्थानमा ६.५ बिगाहा क्षेत्रफलमा प्रेरस पशुपंक्षी तथा अर्गानिक कृषि फार्म संचालन गरेर कृषि क्षेत्रमै नमुना युवा बन्ने संकल्प लिएको युवाहरु बताउनु हुन्छ।आफ्नो फार्ममा कृषीजन्य उत्पादनहरु मेवा,धान,सागसब्जी,पाडापाडी हाँसकुखुरा,बाख्रा,माछा सबै लाएका छन।अहिले सम्ममा ४० लाख लगानी लाए पनि आम्दानी भने शून्य रहेको छ।अब आम्दानीको नजिक पुग्ने आसा जागेको युवाहरु बताउछन।
कृषी भित्र समेटिने सबै उत्पादन बिशुद्द आग्रनिक तरिकाले उत्पादन गर्ने रहर बोकेको सनित राईले बताउनु भयो।आफ्नै फार्मको बिचमा रहेको पोखरीमा क्राप्स जातका १५ हजार माछाका भुरा हुर्कदै गरेको राईले बताउनु भयो।”पाडापाडी,हाँस कुखुरा,बाख्रा कुखुरा पनि हुर्कदै छन,मेवाको बोटमा पनि फूल लाग्न थालेको छ,अब चाहिँ आम्दानीको नजिक हामी छौ” मुसुक्क हास्दै युवा कृषक सिटौलाले कनकाई अनलाइनलाई बताउनु भयो।
बिभिन्न सामाजीक सघंसंस्था साथै समाज सेवामा पनि उत्तिकै अग्रसर हुने यी दुइ युवालाई आम्दानी हुने आशाको खुसी भन्दा नेपालमा भइरहेको कोरोना प्रकोप चिन्ता पनि उत्तिकै छ।”कोरोनाले बजार ब्यबस्थापनमा चुनौती पो हुने हो कि”राईले चिन्ता व्यक्त गर्नुभयो।सरकारले कृषीमा दिने अनुदान बारे कनकाई साप्ताहिकको जिज्ञासामा सिटौलाले भन्नुभयो-“अहिले सम्म फार्म बिस्तारमा मोटामोटी ४० लाख लागिसक्यो,कृषि क्षेत्रमै केही गर्ने अठोट बोकेर यसै क्षेत्रमा लागेका युवाहरुलाई पक्कै अनुदान त मिल्छ होला नी,वास्तविक कृषकलाई अनुदान मिल्नेमा आशाबादी छौ।”अर्का युवा कृषक राईले यो लगानी जुटाउन पनि अथक मेहनत गरेको बताउनु भयो।केही रुपैयाँ त सयकडा २/३% ले सम्म ब्याजमा लिएको बताउनु भयो।राईले भन्नुभयो-” तिन जना कामदार राखेका छौ,महिनाको कामदारलाई दिने ६० हजार निकाल्न पनि धेरै कष्ट हुन्छ।”
युवा कृषक सिटौलाले जीवनमा कलेज जीवन अनि संकटकालमा नेपाल आर्मीमा भोगेका दुई बर्षको अनुभब सुनाउदै स्थानिय बोर्डिङ स्कुलमा शिक्षक हुँदा पनि केही उपलब्धी नभए पछी कृषि क्षेत्रमा उडान भर्नुभएको रहेछ।सनितको पनि बिदेशमा बन्करमा बिताएका पल संग स्वदेशमै परिवार संग बसेर कृषि क्षेत्रमा क्रान्ती गर्ने सोच रहेछ।अघिल्लो हिउदँ याममा कनकाईको तटमा सब्जी खेती गरेर अनुभव संगाली सकेका राई सिटौलाको साथ पाएर आफ्नो फार्मलाई नमुना फार्म बनाउने लक्ष्यका साथ अघि बढ्नु भएको रहेछ।”समस्या र चुनौती धेरै छन यदपी हामीले अझै कृषी क्षेत्रको हाम्रो दायरालाइ अगाडी बढाउदै दिर्घकालीन योजनाका साथ अगाडी बढ्ने सोच बनाएका छौ”।सिटौलाले भन्नुभयो।”स्थानीय,प्रदेश र केन्द्र सरकारले ब्यबसायीक कृषीकर्ममा लागेका युवाहरुलाइ अहिलेको कामचलाउ हिसाबले होइन कि छुट्टै योजनाका साथ कार्यक्रम ल्याउनुपर्छ,सरोकारवालाहरु कहिले काहीँ फार्म घुम्न आए हामी खुसी हुने थियौ”।राईले भन्नुभयो।
कृषीमा हतोत्साहित हुदै बैदेशिक रोजगारीमा पलायन भइरहेका युवाहरुलाई पनि प्रेरणाको स्रोत बन्ने लक्ष्य लिएको युवाहरुले बताउनु भयो।”कोरोनाका कारण फर्कने युवाको जमात पनि बढेको छ,आउनुहोस हाम्रो परापुर्बकाल देखीको पेसा कृषीमै केही गरौ”।कृषक युवाहरुले भन्नुभयो।
हसीला र मिजासीला यी दुइ युवाको अबको लक्ष्य कहा पुग्ने हो त्यो त भबिष्यले नै देखाउला तर उनीहरुको जोश आट र भिजनलाइ हेर्दा सफल युवा ब्यबसायी हुने संकेतका घेराहरु पनी कोरीएको छ ।असा गरौ उहाँहरुको यो कामले नमुना कृषक र कृषि क्रान्तीमा टेवा पुर्याओस।