Kanakai Online

कर्मचारीहरुद्वारा दोस्रो साहित्यिक गोष्ठी सम्पन्न।


शनिवार, असोज १७, २०७७ |

कामाटोली,असोज १७।झापा गाउँपालिकामा कार्यरत साहित्यप्रेमी कर्मचारीहरुले दोस्रो साहित्यिक भेला तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेका छन।साहित्य सृजना मार्फ़त समाजमा सार्थक परिवर्तन गर्न योगदान होस भन्ने मूल ध्येयका साथ असोज १६ गते गाउँ कार्यपालिकाको सभाहलमा भेला भई कर्मचारीहरुले साहित्यका बिभिन्न बिधामा रहेर कबिता, ग़ज़ल तथा रचनात्मक विचार सहितको कार्यक्रम गरेको साहित्य अनुरागी तथा कर्मचारी उदय मैनालीले क़नकाई अनलाइनलाई बताउनु भयो ।

कार्यक्रममा साहित्यिक रसपान गर्न उपस्थित झापा गाउँपालिका का अग्रज साहित्यकार प्रेम प्रभातले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा कर्मचारीहरु जीवन ढकाल अनमोल ,के. पी. खरेल किसान, हिमाल मिश्र, एम. एस. शर्मा, उदय अविरल मैनाली, अम्बिका गौतम, सी.एम. तिमसिंना, राजु उराऊ, बिमश राई, रोहित कर्ण, गौरव संग्रौला अभिषेक दास लगायतले आफ्नो रचना वाचन गरेका थिए ।

अग्रज साहित्यकार प्रेम प्रभातको ग़ज़ल संग्रहका केही उत्कृष्ट ग़ज़लबाट कार्यक्रमको माहोल साहित्यमयी भएको थियो । उदय मैनालीद्वारा संचालित साहित्यिकगोष्ठीमा साहित्यकार प्रेम प्रभात को गुलाबी र गजलिया क़ाफ़िलाले साहित्यका सबै रसको मिठास उत्पन्न भएको थियो । भविष्यमा झापा गाउँपालिका मा रहनुभएका सबै साहित्यप्रेमी हरुलाई समेट्दै साहित्य क्षेत्रमा यस गाउँपालिकालाई स्थापित ग़राउने उदेस्यका साथ शुरुआत गरिएको प्रथम कार्यक्रमले आगामी दिनमा मासिक साहित्यिक गोष्ठी, रचना वाचन तथा अन्य विविध कार्यक्रम गर्ने निर्णय भएको जनाईएको छ । साथै भेलाले भविस्यमा झापा गाउँपालिका स्तरीय साहित्यिक प्रतिस्ठान स्थापना गरी नेपाली साहित्यमा योगदान गर्न आम साहित्यप्रेमी झापाबासीमा आव्हान पनी गरेको छ ।

सम्बन्धित खबर