Kanakai Online

१० बर्षमा पनि बनेन पुल-पुलको खम्बा हेर्दै नाउँमा तर्दै स्थानिय,खोला कर असुल्दै झापा गाउँपालिका (भिडियो सहित)।


शुक्रवार, असोज १६, २०७७ |

कनकाई अनलाइन।झापा,असोज १६।दक्षिणी झापाको बिरिङ्ग नदिमा पुल निर्माणका लागि ठेक्का लागेको १० बर्ष बित्दापनि पुल नहुदा स्थानीयहरु निर्माणाधिन पुलको खम्बा छेउबाटै पैसा तिरेर नाउँमा वारिपारी गर्न बाध्य छन।झापा गाउँपालिका ५ पन्थपाडामा हुलाकी राजमार्गस्थित बिरिङ्ग नदिमा पुल निर्माणका लागि वि.स २०६८ सालमा लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा ३ बर्षमा सक्नेगरि ठेक्का पाएको झापा गाउँपालिका ५ का वडाध्यक्ष दिनेश राजवंशीले बताउँनुभयो।त्यसपछि थप डेढ बर्षको समय थप भएपनि निर्माणले गति लिन नसकेको राजवंशीको गुनासो छ।यता झापा गाउँपालिकाले भने पुल निर्माणमा चाडो गर्न ठेकदार कम्पनीलाई दवाव दिनको साटो बोलपत्र आव्हान गरेरै उक्त बिरिङ्ग पुलमा नाउँ चलाउनका लागि ठेक्का लगाएको छ।हाल बिरिङ्ग नदिमा नाउँमा वारिपारी गरेवापत प्रति व्याक्ति एक पटकको ३० रुपैँया र मोटरसाईकल तारे वापतको ५० रुपैँया बुझाउदै आएको स्थानीय सुन्दर मेचेले कनकाई अनलाइनलाई बताउँनुभयो।यहाँका स्थानीय वासी प्राय सबैको घर खोलावारी र खेती खोलापारी रहेको छ , खेतीमा काम गर्न समेत नाउँ नतरी हुदैन मेचेले भन्नुभयो।


यहाँ खोला तार्न झापा गाउँपालिकाबाट टेण्डर पारेका अख्तर मियाले भने गाउँपालिकाले नाउँमा खोलो तारेवापत गाउँपालिकाले प्रतिव्याक्ति एकपटकको ३० रुपैँया र मोटरसाईकल तारेको ८० रुपैँया लिनु भन्ने स्वीकृति दिएको भएपनि मोटरसाइकल तारेको ५० रुपैँया मात्रै लिएको बताउँनुहुन्छ।आफुलाई पुल नबन्दा हरेकदिन नाउँबाट मान्छे तारेर राम्रै कमाई भएको मियाले बताउँनुभयो।यता दैनिक खोला पारिबाट ओहोर दोहोर वापत ६० रुपैँया बुझाउदै खोलो तर्दै आउनुभएका स्थानीय भेटेनरी डाक्टर दिनेशप्रसाद शाह भने आफु विगत १० बर्षदेखि खोलोभित्र बनेको पक्की पुलको खम्बा नजिक्कैबाट खोलो तरेरै वारीपारी गरेर जागिरको पेन्सन पाक्न आटेको बताउँनुहुन्छ।मैले खोलोमा आधा बनेको पुलको खम्बा हेर्दै मोटरसाईकल तारेर जागिर खाएरै पेन्सन हुन लाग्यो तर पुल बनेन शाहले गुनासो गर्नुभयो।शाहको घर खोलापारि बाह्रदशी गाउँपालिकामा र जागिर खोला वारी झापा गाउँपालिकामा रहेको छ । यता यसवारेमा झापा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन निरौला सँग बुझ्दा झापा गाउँपालिकाले जनतालाई खोलो तर्न सजिलो होस भनेर टेण्डर आव्हान गरेर बिरिङ्गमा नाउँ हालेको बताउँनुहुन्छ । तर ठेकदारले कम पैसामा लिएर वढी पैसामा अर्को ठेकदार खडा गरि दिँदा गाउँले मर्कामा परेका हुन निरौलाले भन्नुभयो।


बिरिङ्गमा पुल नबन्जेलसम्म बिरिङ्ग खोला तर्नका लागि नाउँनै उत्तम बिकल्प रहेको निरौलाले बताउँनुभयो।हुलाकी राजमार्गस्थित झापा गाउँपालिकामा रहेका २ ठुला नदिहरु ीबरिङ्ग खोलामा लामा र माइ खोलामा पप्पु कन्ट्रक्सन र महादेव खिम्ती जेभीले ३४ करोड रुपैँयामा पुल हाल्नका लागि ठेक्का पारेका हुन । यी दुई पुल हाल पिल्लरमात्रै हालेर अलपत्र पारेर छाड्दा गाउँलेहरु महगो शुल्क तिरेर स्थानीय सरकारले लगाएको खोला तर्ने कर तिरेर बषौदेखि वारिपारी गर्न बाध्य छन।यी दुई पुल संचालनमा मात्रै आउँने हो भने यस क्षेत्रमा हुलाकी राजमार्ग पुर्ण संचालनमा आउने वार्डध्यक्ष दिनेश राजवंशीले बताउँनुभयो ।


फोटो ः बिरिङ्ग नदिमा हालिएको पुलको पिल्लर नजिक्कैबाट पैसा तिरेर नदि तर्दै स्थानीय कृषकहरु उनीहरुको घर वारि र खेत पारि रहेको छ।तस्वीर-लीलाराज झापाली

सम्बन्धित खबर