कनकाई अनलाइन।झापा,असोज १५।झापामा यो बर्ष जुटको मूल्य उच्च भएको छ।गत बर्ष बढिमा दुई हजार चार सयमा बिक्री भएको जुट तथा सनपाटको मूल्य यस बर्ष कम्तिमा ३ हजार पाँच सय रुपैयाँ मन बिक्री हुन थालेको हो।
कुनै बेला दक्षिण झापाका बजारहरुमा सनपाट अथवा जुट बिक्री गर्नेको लाइननै लाग्थ्यो।तर अहिले जुट खेती लोप हुनसक्ने अबस्थामा पुगेपछी बजारमा जुट बिक्री गर्ने पनि धेरै घटेका छन।हरेक बर्ष मुल्य थोरै भएका कारण खेतीबाट बिस्थापित बनेका किसानले यो बर्ष भने सुरुमै उच्च मूल्य पाएका छन।सनपाटले उच्च मूल्य पाएपछी दशैको गर्जो टर्न सहयोग पुगेको गौरादह नगरपालिका वडा नं-६ का किसान देबीप्रसाद सिंहले बताउनु भयो।
जुट खेतीमा सरकारले प्रोत्साहन नगरेपछी बिस्तारै लोप हुन थालेको छ।व्यबसाहिक खेती गर्ने तराई मुलका आदिबासीमा जुटको सन्टीबाट खेलीने सांस्कृतिक परम्परा हुक्काहुक्की बचाउनका लागि मात्र कतिपयले खेती गर्ने गरेको उनिहरुले बताएका छन।जुट निर्माणका लागि काट्ने,खाडीमा कुहाउने,सुकाउने जस्ता परम्परागत झन्झटिलो र धेरै जनशक्ति चाहिने भएकाले यो खेती गर्न किसानले गारो मान्ने गरेका छन।तर यो बर्ष बजारमा मूल्य उच्च भएकाले चाडबाँडको मुखमा किसानलाई निकै राहत पुगेको गौरिगञ्ज गाउँपालिका-५ का सदस्य राजेन्द्रकुमार ताजपुरियाले बताउनु भयो।
नेपालमा व्यबसाहिकरुपमा प्रदेश एकमा मात्र गरिने सनपाट खेती अघिल्लो बर्ष सात हजार दुई सय पचास हेक्टरमा साडे दस हजार मेट्रीक टन उत्पादन भएको छ।उचित मुल्यको अभाब र सरकारले प्रोत्साहन नगरेका कारण प्रयाबरणमा समेत निक्कै उपयोगी मानिएको नगदेबाली जुट खेती लोप हुँदै गएको किसानले बताएका छन।