Kanakai Online

भारतीय पर्यटकलाई लक्षित गरि पूर्वी सिमामा ५ तारे होटल


बिहिवार, असोज १५, २०७७ |

लीलाराज झापाली
। नेपालको पूर्वी सिमा मेचीनगरमा भारत र छिमेकी देश भुटान बंगलादेशका बिलासी पर्यटकलाई लक्षित गरि देशकै ठुलो क्यासिनो सहितको ५ तारे होटल संचालनमा आएको छ ।
होटल संचालक समुहले होटलमा पत्रकार सम्मेलनको आयोजना गरि विविध चुनौतीको बाबजुत पनि देशको पर्यटन व्यावसायलाई सहयोग गर्न लगानीकर्ताको समुहले ठुलो जोखिम बहन गरेरै भएपनि पूर्वी सिमामा डेढ अर्बको लगानीमा होटल मेची क्राउन बाई द पीक संचालनमा ल्याएको होटलका भेगास इन्टरटेन्मेट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले बताउँनुभयो ।
होटल संचालनमा आएपछि यस प्रदेश नम्बर एकका प्रमुख पर्यटकिय क्षेत्रहरु सगरमाथा, कंचनजंघा हिमाल, कोशी टप्पु बन्यजन्तु आरक्षण, ार्मिक पर्यटकिय क्षेत्र पाथिभरा, लगायातका क्षेत्रलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउन मद्धत मिल्ने होटल व्यावस्थापन समितिका अध्यक्ष दिपक लेखकले जानकारी दिनुभयो ।
खोलिएको होटल प्रदेश नम्बर एककै पहिलो पाचतारे होटल रहेको समेत लेखकले बताउँनुभयो । होटलमा देशकै ठुलो भेगास क्यासिनो समेत संचालनमा आउने हुदा नेपाल बाहिरका खर्चालु पर्यटकहरुको समेत यस क्षेत्र आकर्षणको केन्द्र बन्ने होटल संचालक समुहको दावी छ ।
नेपालको पुर्वी सिमामा रहेको यस होटलमा १०५ वटा रुम रहेको, बिबाह, बैठक सम्मेलन सेमिनार हल समेत रहेको र यहाँका उच्च खानदानका मानिसहरुले आफ्नो विशेष दिनमा पार्टी दिनकै लागि छिमेकी मुलुक भारत समेत जाने गरेको पाइएको भन्दै सो समुदायलाई समेत यहि रोक्ने व्यावस्थापन समुहका अध्यक्ष लेखकले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । देशका नागरिकलाई समेत लक्षित गरि विशेष प्याकेट कार्यक्रम ल्याइन लागेको जानकारी दिदै होटलमा ६० प्रतिशत ग्राहक विदेशी र वाकी ४० प्रतिशत ग्राहक नेपालकै रहने लक्ष्य राखिएको प्रालिका अध्यक्ष कार्कीले बताउँनुभयो ।
होटलबाट भद्रपुर विमास्थल १७ किलोमिटरको दुरीमा र छिमेकी देश भारतको बागडोग्रा विमान स्थल समेत २५ किलोमिटरको दुरीमा रहेको छ ।
होटल ८ बिगाह क्षेत्रफलमा फैलिएको र यहाँ ९०० जना नेपाली कामदारले रोजगारी पाउने समेत पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
होटलको मुख्य आकर्षणमा देश विदेशका खाना तथा पेय पदार्थको आइटमहरु, द मेचे बार, समगरमाथा बलरुम, कंचनजंघा हल लगायातको रहेको र एक्कैपटक ५ सय भन्दा वढी सवारी साधन पार्किङ गर्न सकिने पाकिङ्ग एरिया रहेको जानकारी दिइएको छ ।


तस्वीर ः मेचीनगरमा खुलेको ५ तारे होटल मेची क्राउन फोटो लीलाराज झापाली

सम्बन्धित खबर